मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १२ शनिबार
  • Monday, 10 August, 2026
तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका
२o७८ चैत १२ शनिबार १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वामीकार्तिक खापर गाउँपालिकाले कर्णाली नदीमा फेरी सञ्चालनमा ल्यायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १२ शनिबार १७:२५:oo

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको छ। कर्णाली नदीमा तत्काल पुल निर्माण गर्न कठिनाइ भएपछि गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको हो।

आर्थिक वर्ष ०७५/७६ को बजेटबाट एक करोड ७४ लाख रुपैयाँ लागतमा गाउँपालिकाले फेरी निर्माण गरेको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए। नदीबाट यातायातका साधान वारपार गराउन कर्णालीमा फेरी सञ्चालनमा ल्याइएको हो। 

गाउँपालिकाले फेरी सञ्चालन गरेपछि सवारीसाधन तार्न सजिलो भएको स्थानीय रोशन शाहीले बताए। फेरी सञ्चालन गरेसँगै गाउँपालिकालाई अब विकास निर्माणका लागि ट्याक्टर, स्काभेक्टर ल्याउन सहज हुने अध्यक्ष शाहीको भनाइ छ। कर्णाली नदीमा फेरी सञ्चालनमा आएसँगै स्वामीकार्तिक खापर गाउँपालिका र कर्णाली करिडोरअन्तर्गत पिलुचौरसम्म जिप, ट्याक्टरलगायतका सवारीसाधन आवतजावतमा सहजता आएको छ।

नदीबाट जिप, ट्याक्टर तारेपछि एक हजारदेखि एक हजार पाँच सयसम्म शुल्क गाउँपालिकाले उठाउने गरेको फेरी चालक धनजित महताराले बताए। उनका अनुसार अपडाउनको लोड हेरी गाउँपालिकाले शुल्क लिने गरेको छ।