मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा ३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको बुस्टर डोज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१६:oo

रसुवामा करिब ३४ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको बुस्टर डोज लगाएका छन्। जिल्लाको पाँचवटै गाउँपालिकामा गरी हालसम्म ३३.८२ प्रतिशतले कोभिड– १९ विरुद्धको बुस्टर डोज खोप लगाएका स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। कार्यालयका प्रमुख वसन्त चालिसेका अनुसार जिल्लामा २९ हजार एक सय ६ जनालाई बुस्टर डोज दिने लक्ष्य छ। हालसम्म नौ हजार आठ सय ४५ जनाले कोभिड– १९ विरुद्धको बुस्टर डोज लगाएका छन्।

गत माघ ३ देखि जिल्लामा कोभिड– १९ विरुद्धको बुस्टर डोजको खोप लगाउन सुरु गरिएको थियो। सुरुमा जिल्लामा अग्रपंक्तिमा खटिएकाहरूलाई बुस्टर डोजको खोप लगाइएको थियो। त्यसपछि क्रमशः कोभिडको पहिलो र दोस्रो डोजको खोप लगाएको ६ महिना पूरा भएकालाई लगाउन थालिएको थियो।

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका नागरिकले बुस्टर डोज लगाउन पाउँछन्। स्वास्थ्य कार्यालय रसुवाले अभियान नै सञ्चालन गरी बुस्टर डोजको खोप लगाइरहेको छ। हालसम्म तीनपटक अभियान सञ्चालन गरी बुस्टर डोजको खोप लगाइएको छ। बुस्टर डोजअन्तर्गत कोभिसिल्ड, भेरोसेल, मोडर्ना र एस्ट्राजेनेकाको खोप लगाएको छ।

जिल्लामा हालसम्म सात सय ११ जनाले कोभिसिल्ड, तीन सय ९१ जनाले भेरोसेल, आठ हजार पाँच सय ६६ जनाले एस्ट्राजेनेका र एक सय ७७ जनाले मोडर्ना खोप लगाएका छन्। स्वास्थ्य कार्यालय रसुवाले जिल्लाका स्थानीय तहहरूलाई खोप उपलब्ध गराउने गरेको छ। स्थानीय तहमार्फत पायक पर्ने खोप केन्द्रहरूबाट खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले साउन र भदौमा दोस्रो खोप लगाएकाहरूलाई बुस्टर डोजको खोप दिइरहेको चालिसेले बताए।
 
कोभिड–१९ विरुद्धको दोस्रो डोजको खोप लगाउन नागरिकहरूले चासो दिए पनि अहिले बुस्टर डोज लगाउन कम चासो दिएको पाइएको चालिसेले बताए। ‘दोस्रो खोप लगाउन जति चासोका साथ आएका थिए, अहिले बुस्टर डोजको खोप लगाउन त्यति चासो दिएको पाइएको छैन। बुस्टर डोज लगाउने कम रहेको पाइयो,’ उनले भने।

कार्यालयले गत असोजमा दोस्रो खोप लगाएकाहरूलाई आगामी वैशाखमा बुस्टर डोजको खोप दिने तयारी गरिरहेको गरिरहेको छ। जिल्लामा अहिले बुस्टर डोजको खोप लगाउन १० हजार डोज खोप छ। खोप लगाउन बाँकी रहेकाहरूलाई पुनः अभियान सञ्चालन गरी खोप लगाइने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। जिल्लामा कोभिड– १९ विरुद्धको खोप लगाउनयोग्य सबैले पूर्ण मात्राको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो समय रसुवामा कोभिड संक्रमणदर शून्यमा झरेको छ।