१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ८ मंगलबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आचारसंहिता पालना गराउन स्थानीय तहदेखि नै अनुगमन समिति बन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १८:५२:oo

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन प्रणालीलाई कम खर्चिलो, पारदर्शी र निष्पक्ष बनाउन स्थानीय तहदेखि नै राजनीतिक दल, नागरिक समाज, सरकार र निर्वाचन आयोग एउटै मोर्चामा उभिन आग्रह गरेका छन् ।

आगामी निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे विराटनगरमा बुधबार भएको प्रदेशस्तरीय छलफल कार्यक्रममा थपिलियाले आचारसंहिता कार्यान्वयन गराउन स्थानीय तहदेखि नै अनुगमन समिति निर्माण हुने भएकोले राजनीतिक दल, नागरिक समाज, सरकार र निर्वाचन आयोग एउटै मोर्चामा उभिनुपर्ने बताए ।

आगामी निर्वाचनमा हरेक पालिका, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश अनि केन्द्रीयस्तरमा आचारसंहिता पालना गराउन अनुगमन समिति निर्माण हुनेछन् । पालिकाहरूमा निर्माण हुने अनुगमन समितिमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँ नगरपालिकाका कार्यकारी अधिकृत, प्रहरी, पत्रकार र नागरिक समाजका प्रतिनिधि सहभागी हुनेछन् । 

उक्त समितिले आचारसंहिता उल्लंघन गरेको भेटे तत्कालै कारबाही गर्न सक्नेछ । तुरुन्तै माथिल्लो निकायमा जानकारी गराएर आचारसंहिता पालना गराउन बाध्य पार्न सक्छ । 

थपलियाले निर्वाचन आचारसंहितना देखाउने डकुमेन्ट मात्र नभएर दण्ड सजाय गर्ने अधिकारसहितको निर्देशन पनि भएकोले खेलाँचीका रूपमा नलिन आग्रह गरे । उनले आचारसंहिता उल्लंघन गर्ने दलहरूलाई नै अनुगमन समितिमा सहभागी गराउँदा प्रभावकारी रूपले पालना गराउन सकिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘काठमाडौंमा भएको निर्वाचन आयोगले के गर्न सक्छ र भन्दै आचारसंहिता उल्लंघन नगर्नुहोस् अब गाउँगाउँमा निर्वाचन आयोग आइसकेको छ ।’

ad
ad