१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

बागमती प्रदेशको ६ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु फैलिएको हो ।

६ जिल्लामा ५८ हजार २ सय ६१ पन्छी, २२ हजार ३४ वटा अन्डा र ११ हजार ४ सय ३९ केजी दाना नष्ट गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए । 

मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा १९ हजार ५ सय ६ कुखुरा, ५ हजार ६ सय ५१ वटा अन्डा, ४ हजार १ सय ८ दाना, चितवनमा ९ हजार ६ सय ७० कुखुरा, २ हजार ३ सय ८६ वटा अन्डा, १ हजार ५ सय केजी दाना, भक्तपुरमा २४ हजार ३ सय १९ कुखुरा, १३ हजार ९ सय ८० वटा अन्डा, २ हजार ९ सय केजी दाना, मकवानपुरमा ३ सय १६ कुखुरा, १६ वटा अन्डा, ८२ केजी दाना, ललितपुरमा २ हजार २ सय ६२ कुखुरा, ९ सय केजी दाना र सिन्धुपाल्चोकमा २ हजार १ सय ८८ कुखुरा, १ हजार ९ सय ५० केजी दाना नष्ट गरिएको छ ।

मन्त्रालयले संक्रमणका लागि ३ करोड लगानीमा क्षति पुगेको जनाएको छ । संक्रमण फैलने क्रम बढ्दो रहेको र न्यूनीकरणका लागि मन्त्रालयले योजना अघि बढाइएको सचिव पाण्डेले बताए । ‘कुखुरा मरिरहेका छन्, तर किसानले बर्डफ्लुका कारण भन्ने पहिचान गर्न सकेका छैनन् ।’ उनले भने, ‘त्यसकारण किसानसँग तत्काल सम्पर्क रहने व्यवस्था गरिरहेका छौँ।’

मन्त्रालयले संक्रमण तीव्र नियन्त्रणका लागि कन्ट्रोल रुम, टोल फ्री नम्बर, नष्टमा तीव्रता दिइने, भेटेनरी डाक्टरलाई तयारी अवस्था रहन निर्देशन दिइएको, पन्छीपालनको यकिन तथ्यांक लिइने योजना अघि बढाइएको पाण्डेले बताए ।