१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३१ सोमबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

राजर्षि जनक कप : विभागीय पुलिस र सुदूरपश्चिम– ११ भिड्दै

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:११:oo

छैटाैँ राजर्षि जनक कपअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय पुलिस क्लब र सुदूरपश्चिम– ११ धनगढी मैदानमा उत्रँदै छन्। प्रतियोगिताअन्तर्गत अन्तिम चारमा प्रवेशका लागि सोमबार दिउँसो ३ बजे पुलिस र सुदूरपश्चिम भिड्न लागेका हुन्।

पुलिसले नवजनजागृति युवा क्लब सिमरालाई पाखा लगाउँदै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो। सुदूरपश्चिमले एक खेल बाई पाएर सीधै क्वार्टरफाइनलमा प्रवेश पाएको हो।

पूर्वराष्ट्रिय खेलाडी जुमानु राईको नेतृत्वमा जितको लक्ष्यसहित पुलिस मैदानमा उत्रनेछ। सुदूरपश्चिम पनि उच्च मनोबलका साथ मैदानमा उत्रने टिमकोच सुरेश हमालले बताए। सोमबारको खेलको विजेताले मछिन्द्र फुटबल क्लब र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने अन्तिम क्वार्टरफाइनलको विजेतासँग चैत ११ गते सेमिफाइनल खेल्नेछ।

आइतबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटौँडाले ३–० गोल अन्तरले हिमालयन शेर्पा क्लबलाई पाखा लगाएको थियो । चैत १३ गते फाइनल हुने प्रतियोगिताको विजेताले राजर्षि जनक कपसहित नगद १० लाख एक हजार र उपविजेताले सिल्ड र नगद पाँच लाख पाँच सय प्राप्त गर्नेछन्।
 

ad
ad