
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले युवा पुस्तालाई राजनीतिक चेतनाबाट अलग नबस्न आग्रह गरेका छन्। शुक्रबार भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयको ६३औँ र बागीश्वरी कलेजको १४औँ वार्षिकोत्सव कार्यक्रममा उनले युवा पुस्ताले देशको राजनीतिबारे जानकारी लिनुपर्ने बताए ।
उनले भने, ‘देशको राजनीतिबारे अनभिज्ञ व्यक्तिले देश र जनताको हितमा काम गर्न सक्दैन, त्यसैले देशका युवाले राजनीतिबारे चासो राख्नुपर्छ, राजनीतिक चेतना हुनुपर्छ, देशको राजनीतिक अवस्था थाहा पाउनुपर्छ ।’