१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ४ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ४ शुक्रबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यस वर्षको 'हल्ट प्राइज' पद्मकन्या क्याम्पसमा हुने, उत्कृष्टलाई एक लाख अमेरिकी डलर पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ४ शुक्रबार १२:४४:oo

यस वर्षको ‘हल्ट प्राइज’ कार्यक्रम बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा हुने भएको छ। कार्यक्रम चैत ९ गते पद्मकन्या क्याम्पसमा हुन लागेको हो।  ‘हल्ट प्राइजलाई विद्यार्थीहरूको नोबेल पुरस्कारका रूपमा समेत लिइन्छ।

कार्यक्रमका लागि पद्मकन्या क्यम्पसमा अध्ययनरत सगुन कँडेललाई  ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयको क्याम्पस निर्देशक छनोट गरिएको छ। क्याम्पस निर्देशक कँडेलका अनुसार कार्यक्रममा विश्वका दुई हजारभन्दा बढी विश्वविद्यालयबाट विद्यार्थीले भाग लिनेछन्।

कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेसनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघले संयुक्त रूपमा आयोजना गर्न लागेको कँडेलले नयाँ पत्रिकालाई जानकारी दिइन्। प्रतियोगिताअन्तर्गत विद्यार्थीलाई सामाजिक विषयमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउन दिइन्छ। उत्कृष्ट योजना बनाउने विद्यार्थीको समूहले एक लाख अमेरिकी डलर प्राप्त गर्ने आयोजकले जनाएका छन्।