मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
डा.मुकेशराज काफ्ले
२०७८ चैत २ बुधबार ०७:४४:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्व ऊर्जा प्रणालीमा कोभिड– १९ को प्रभाव 

कोभिड– १९ महामारीले विश्व ऊर्जा प्रणालीमा पारेको नकारात्मक असर दोस्रो विश्वयुद्धपछिकै ठूलो हो

Read Time : > 5 मिनेट
डा.मुकेशराज काफ्ले
२०७८ चैत २ बुधबार ०७:४४:००

जनवरी २०२२ सम्म आइपुुग्दा विश्वभर कोरोना भाइरसका कारण ५७ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नयाँ रूपमा यो भाइरसको प्रकोप विश्वभरि नै पैmलिँदो छ । २०२१ को अन्त्यसम्ममा यो भाइरसको प्रकोपबाट बच्न, नियन्त्रण गर्न स्थानीय, क्षेत्रीय र देशव्यापी रूपमा भएका बन्दाबन्दीका कारण संसारको ३० प्रतिशत जनसंख्या प्रत्यक्ष प्रभावित भए । २०२० मा विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनमा ०।३ प्रतिशतको ह्रास देखियो । कैयौँ देश आर्थिक मन्दीको चपेटामा परे । ऊर्जा, आर्थिक, सामाजिक, विकास, शिक्षा, स्वास्थ्य, खाद्य, पर्यटनलगायत प्रायः सबै क्षेत्र कोभिड–१९ का कारण प्रभावित भए । सुस्त गतिको आर्थिक विकास र उत्पादनमूलक कार्यमा आएको ह्रासले विश्व ऊर्जाको मागमा उल्लेखनीय गिरावट आयो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार २०१९ को तुलनामा २०२० मा ६ प्रतिशतले ऊर्जाको मागमा कमी देखियो । 

विश्व ऊर्जा प्रणालीमा विभिन्न प्रकारका स्रोत जस्तै खनिज इन्धन ९पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, कोइला०, नवीकरणीय ऊर्जा ९जल, सौर्य, वायु० र आणविक ऊर्जा समाविष्ट छन् । जुनसुकै स्रोतबाट प्राप्त विद्युतीय ऊर्जा भए पनि प्रसारण र वितरणका संचरनामार्फत नै अन्तिम प्रयोगकर्तामाझ पुुग्छ । कैयौँ उद्योगले आपूmलाई आवश्यक पर्ने विद्युतीय ऊर्जा स्वयं उत्पादन गर्छन् । ग्रामीण तथा ग्रिडको पहुँच स्थापित नभएका क्षेत्रका जनताले आवश्यकताअनुसार आपैmँले व्यक्तिगत वा सामुदायिक प्रणालीसमेत जडान गरेका छन् । प्राविधिक दृष्टिकोणबाट हेर्दा संसारका सबै मुलुकमा विद्युतीय ऊर्जा उत्पादन, प्रसारण र वितरणका पक्षमा समानता पाइन्छ भने नीति, नियमन, थोक तथा खुद्रा बजारका स्वरूपमा भने देशअनुसार विविधता देखिएका छन् । 

विगत एक शताब्दीभन्दा अघिको विश्व ऊर्जा प्रणालीलाई फर्केर हेर्ने हो भने सन् १९०० मा विश्वको जनसंख्या एक अर्ब साठी करोड हुँदा विद्युतीय ऊर्जा उत्पादन आठ टेट्रावाट–घन्टा मात्र थियो । कुल खनिज इन्धनको दुुई प्रतिशत हिस्सा विद्युत् उत्पादनमा प्रयोग हुन्थ्यो । १९१८ देखि १९२० सम्म विश्व स्पेनिस–फ्लुको महामारीमा फस्यो । विश्व जनसंख्या एक अर्ब ८० करोड रहेको तत्कालीन समयमा महामारीका कारण करिब पाँच करोड मानिसले ज्यान गुमाएको अनुमान छ ।

१९१८ मा विद्युत् उत्पादन पचासी टेट्रावाट–घन्टा रहेकोमा स्पेनिस–फ्लुका कारण मागमा १७ प्रतिशतले गिरावट आएको देखिन्छ । स्पेनिस–फ्लुको प्रभाव समाप्त भएको एक दशकमै पुनः १९३० मा विश्वमा ठूलो आर्थिक मन्दी देखियो । १९२९ देखि १९३२ सम्म विश्वको कुल गार्हस्थ्य उत्पादनमा १५ प्रतिशतको ह्रास देखियो । सो अवधिमा विद्युतीय ऊर्जाको माग १० प्रतिशतले घट्यो । आर्थिक मन्दीको करिब एक दशक पनि नबित्दै १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो । त्यसको प्रत्यक्ष प्रभाव विश्व अर्थतन्त्रमा पर्‍यो । परिणामतः आर्थिक संकुचनका कारण ऊर्जा खपत कम भयो । १९४० देखि १९४५ सम्म औसत १३ प्रतिशतले ऊर्जा खपतमा कमी आयो । दोस्रो विश्वयुद्धपछि करिब २८ वर्ष विश्व अर्थतन्त्र स्थिर देखियो । ७० को दशकमा विश्वमा दुुई ठूला पेट्रोलियम अभावका परिदृश्य देखिए । १९७३ मा ओपेकअन्तर्गतका खाडी सदस्य राष्ट्रहरूले साउदी अरबको नेतृत्वमा पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गर्दै विशेषतः पश्चिमा राष्ट्रमा एक प्रकारको नाकाबन्दी घोषणा गरे । नाकाबन्दी ओमकिप्पुर युद्धमा इजरायललाई सहयोग गर्ने अमेरिकालगायत राष्ट्रविरुद्ध लक्षित थियो ।

अक्टोबर १९७३ देखि सुरु भएको नाकाबन्दी मार्च १९७४ सम्म कायम रह्यो । त्यस अवधिमा विश्व ऊर्जा प्रणालीमा माग घटे पनि वार्षिक खपतका आधारमा दुुई प्रतिशतको हाराहारीमा धनात्मक नै रह्यो । १९७९ मा इरानी क्रान्तिका कारण विश्व बजारमा पुनः पेट्रोलियम पदार्थको अभाव सिर्जना भयो जसलाई दोस्रो ‘आयल सक’ भनिन्छ । करिब एक वर्ष कायम रहेको सो समस्याका कारण समग्र पेट्रोलियम पदार्थको माग र आपूर्तिमा असन्तुलन आउँदा विश्व ऊर्जा प्रणालीमा दुुई प्रतिशतले माग ऋणात्मक देखियो । सन् २००० मा विश्वको जनसंख्या ६ अर्ब १० करोड पुुग्दा विद्युतीय ऊर्जाको उत्पादन १३ हजार पाँच सय टेट्रावाट–घन्टा पुुगेको थियो । एक शताब्दीमा यो उत्पादन १७ सय गुणाले बढ्यो । सो वर्ष विश्वको ३० प्रतिशत खनिज इन्धन विद्युत् उत्पादनमा प्रयोग भएको अध्ययनले देखाएको छ । दोस्रो आयल सकपछि करिब अट्ठाइस वर्ष स्थिर रहेको विश्व अर्थतन्त्रमा २००९ मा पुनः मन्दी देखियो । मन्दीका कारण विश्वव्यापी ऊर्जा खपतमा एक प्रतिशतको कमी आयो । मन्दीपछि कोभिड–१९ को महामारीले विश्व ऊर्जा प्रणालीमा नकारात्मक असर गरेको देखिन्छ । यो असर दोस्रो विश्वयुद्धपछिकै ठूलो मानिएको छ । मात्रात्मक हिसाबले विश्व ऊर्जा प्रणालीमा कोभिड–१९ ले पारेको असर २००९ मा भएको आर्थिक मन्दीको प्रभावभन्दा सात गुणाले बढी हो । ऊर्जाको परिमाणको हिसाबले यो गिरावट अहिलेसम्मकै वढी हो ।

कोभिड–१९ पछि २०२० मा विश्वव्यापी ऊर्जाको माग घट्दा खनिज ऊर्जा र आणविक ऊर्जाको उत्पादन घटेको देखिन्छ । अर्कातर्फ, नवीकरणीय ऊर्जाको उत्पादन भने बढेको देखिन्छ । २०१५ देखि २०१९ सम्मको औसत खपतलाई आधार मान्दा २०२० मा १६ युरोपेली देशमा ऊर्जा उत्पादन नौ प्रतिशत अर्थात् २५ हजार मेगावाटले कमी आएको थियो । जसमा खनिज ऊर्जाको उत्पादन २८ प्रतिशत, आणविक ऊर्जाको उत्पादन १४ प्रतिशतले घट्दा नवीकरणीय ऊर्जाको उत्पादन भने १५ प्रतिशतले वृद्धि भएको थियो । खनिज ऊर्जा उत्पादनमा आएको कमीले कार्बन उत्सर्जन घट्दा विश्व वातावरणमा सकारात्मक प्रभाव पर्‍यो । खनिज ऊर्जा उत्पादनमा गिरावट आएका कारण २०२० मा सात प्रतिशतले विश्वव्यापी कार्बन उत्सर्जनमा कमी आएको तथ्यांकले देखाएको छ । कोभिड– १९ का कारण २०२० मा विश्व ऊर्जा प्रणालीमा कुल लगानी १८ प्रतिशतले घट्यो । एक अध्ययनअनुसार २०२० मा कोइलामा सात प्रतिशत, प्राकृतिक ग्यासमा तीन प्रतिशत, पेट्रोलियम पदार्थमा नौ प्रतिशत र आणविक ऊर्जामा पाँच प्रतिशतले लगानी घट्दा नवीकरणीय ऊर्जामा भने एक प्रतिशतले लगानी वृद्धि भयो । 

कोभिड–१९ पछि विश्वमा उत्पन्न परिस्थिति, आवत–जावतमा भएको कडाइ, बन्दाबन्दी आदि अवस्थाले यातायात क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको माग ह्वात्तै घटेको देखिन्छ । विश्वमा कुल पेट्रोलियम पदार्थको ५० प्रतिशतभन्दा बढी हिस्सा यातायातको साधनले खपत गर्ने तथ्यांक छ । एक अध्ययनअनुसार २०२० मा यातायात क्षेत्रले प्रयोग गर्ने पेट्रोलियम पदार्थको खपतमा २०१९ को तुलनामा २५ प्रतिशतले कमी देखियो । 

कोभिड– १९ महामारीले नवीकरणीय ऊर्जाको आवश्यकता र महत्‍वलाई प्रमाणित गरेको छ । यसले नेपालजस्तो जलविद्युत्मा आधारित विद्युत् प्रणालीको भविष्यलाई थप सुनिश्चित र विश्वसनीय बनाएको छ ।

कोभिड–१९ को महामारीमा विश्वभर विद्युत्को माग र खपतको प्रचलन नै बदलियो । बन्दाबन्दीको समयमा छोटो अवधिको विद्युत् मागमा गिरावट आयो । खनिज ऊर्जाको मागमा कमी आउँदा नवीकरणीय ऊर्जाको उत्पादन भने बढेको देखियो । व्यापारिक तथा औद्योगिक क्षेत्रमा विद्युत्को माग घट्दा घरायसी माग भने बढेको तथ्यांकले देखाएको छ । विकसित देशहरूमा महामारीबीच उच्च माग हुने समयसमेत परिवर्तन भएको पाइएको छ । क्यानाडाको ओन्टारियो सहरमा गरिएको एक अध्ययनले महामारीपूर्व सप्ताहन्त बुधबारदेखि शुक्रबारसम्म विद्युत्को उच्च माग हुने गरेकोमा कोभिड–१९ महामारीमा यो प्रचलनमा परिवर्तन आई सप्ताहको सुरुको दिन सोमबार र मंगलबार विद्युत्को उच्च माग रहने गरेको देखाएको थियो । महामारीबीच विश्वका तीन आर्थिक समृद्ध मुलुक अमेरिका, चीन र जापानको कुल गार्हस्थ्य उत्पादनमा ऊर्जा तीव्रता ९इनर्जी इन्टेन्सिटी०का असर फरक–फरक देखिएको छ । ऊर्जा तीव्रताले कुल गार्हस्थ्य उत्पादनमा खर्च हुने ऊर्जाको मूल्यलाई जनाउँछ । 

सन् २०२२ को प्रारम्भसँगै विश्व पुनः कोभिड–१९ को तेस्रो लहरको चपेटामा पर्‍यो । २०२१ मा पनि विश्व ऊर्जा प्रणालीमा कोभिड–१९ को असर देखिएको छ । तर, राहत प्याकेज एवं खोपको सहजताका कारण तुलनात्मक रूपमा परिस्थिति कम जटिल भएको आकलन छ । गत वर्ष विश्व अर्थतन्त्र तुलनात्मक रूपले सुदृढ भएको र २०१९ को तुलनामा दुई प्रतिशतले विश्व गार्हस्थ्य उत्पादनमा वृद्धि भएको छ । २०२० मा ६ प्रतिशतले संकुचित भएको विश्व ऊर्र्जा बजार २०२१ मा ४।६ प्रतिशतले वृद्धि भएको थियो । यो वृद्धिको मुख्य हिस्सा विकासशील देशमा वृद्धि भएको आर्थिक गतिविधिले ओगटेको थियो जहाँ विद्युतीय ऊर्जाको माग २०१९ को तुलनामा ३।४ प्रतिशत बढी थियो । विकसित देशमा भने २०२१ मा विद्युतीय ऊर्जाको माग २०१९ को तुलनामा तीन प्रतिशतले घटेको तथ्यांक छ । २०२१ मा खनिज ऊर्जाको माग उल्लेखनीय वृद्धि भयो । कोइला ऊर्जाको माग मात्रै अन्य नवीकरणीय ऊर्जाको कुल परिमाणभन्दा ६० प्रतिशत बढी थियो । २०२१ मा कोइलाको माग २०१९ को तुलनामा ४।५ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसको ८० प्रतिशत हिस्सा एसियाकेन्द्रित छ । यसका कारण कार्बन उत्सर्जन पाँच प्रतिशत ९१५०० मेट्रिक टन०ले वृद्धि भएको अनुमान छ । यो उत्सर्जन २०१९ को तुलनामा १।२ प्रतिशतले मात्र कम हो । अर्कातर्फ, पेट्रोलियम पदार्थको माग २०२१ मा ६।२ प्रतिशतले वृद्धि हुने अपेक्षाका बाबजुद २०१९ को तुलनामा तीन प्रतिशतले कमी रह्यो । अध्ययनअनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन कोभिड–१९ पूर्वको अवस्थामा अभैm सञ्चालनमा नआएको देखिन्छ । २०२१ मा हवाई इन्धनको खपत पनि २०१९ को तुलनामा ३० प्रतिशतले कमी रह्यो । २०२१ मा खनिज इन्धनमध्ये प्राकृतिक ग्यासको माग ३।२ प्रतिशतले वृद्धि भयो । यो वृद्धि मुख्यतः एसिया, मध्यपूर्व र रसियामा भएको हो । २०१९ को तुलनामा यो एक प्रतिशत बढी हो । 

कोभिड–१९ को महामारीबीच पनि फस्टाएको क्षेत्र भनेको नवीकरणीय ऊर्जा हो । २०२० मा नवीकरणीय ऊर्जाको उत्पादन तीन प्रतिशतले वृद्धि हुँदा २०२१ म आठ प्रतिशतले वृद्धि भयो । २०२१ मा नवीकरणीय ऊर्जा उत्पादनमा भएको वृद्धि वार्षिक वृद्धिका हिसाबले ५० वर्षदेखिकै बढी हो । यो वृद्धिमा दुुईतिहाइ हिस्सा सोलार र वायु ऊर्जाको छ । २०२१ मा विश्व ऊर्जा प्रणालीमा नवीकरणीय ऊर्जाको क्षमता आठ हजार तीन सय टेट्रावाट–घन्टा पुुगेको छ । २०२१ सम्म आइपुुग्दा विश्व विद्युतीय ऊर्जा प्रणालीको कुल जडित क्षमतामध्ये ३० प्रतिशत हिस्सा नवीकरणीय ऊर्जाको रहेको छ । वायु ऊर्जाको वृद्धि उल्लेखनीय छ । २०२१ मा वायुु ऊर्जाको उत्पादन मात्रै २७५ टेट्रावाट–घन्टा भएको थियो । यो वृद्धि २०२० को तुलनामा १७ प्रतिशतले बढी हो । अर्कातर्फ, सौर्य ऊर्जाबाट २०२१ मा एक सय ४५ टेट्रावाट–घन्टा ऊर्जा विश्व ऊर्जा प्रणालीमा थप भएको देखिन्छ । यो वृद्धि २०२० को तुलनामा १८ प्रतिशत बढी हो । यो वृद्धिसँगै विश्व ऊर्जा प्रणालीमा सौर्य ऊर्जाको हिस्सा एक हजार टेट्रावाट–घन्टा पुगेको छ । नवीकरणीय ऊर्जाको यो वृद्धिमा ५० प्रतिशत योगदान चीनको मात्र छ । 

अन्त्यमा, कोभिड–१९ ले सन् २०२० मा विश्व अर्थतन्त्रमा ७० वर्षयताकै नकारात्मक प्रभाव पार्‍यो । यस महामारीले ऊर्जा क्षेत्रमा सुरक्षित र दिगो ऊर्जा प्रणालीको आवश्यकतालाई उजागर गरेको छ । अन्य क्षेत्रमा विश्वव्यापी रूपमै नकारात्मक प्रभाव परिरहँदा नवीकरणीय ऊर्जाको विकास र विस्तार भएको छ । नवीकरणीय ऊर्जाले विश्व विद्युत् प्रणालीलाई भरपर्दो र सुरक्षित मात्र बनाएन विश्वव्यापी कार्बन उत्सर्जन विस्थापनमा उल्लेखनीय योगदानसमेत दियो । कोभिड–१९ जस्तो महामारीले पनि विश्व वातावरणका निम्ति सकारात्मक सन्देश दिएको छ । यो परिदृश्यले विश्वव्यापी रूपमा दिगो र सुरक्षित ऊर्जा प्रणाली तथा स्वच्छ विश्व वातावरणमा नवीकरणीय ऊर्जाको आवश्यकता र महत्‍वलाई प्रमाणित गरेको छ । यसले नेपालजस्तो जलविद्युत्मा आधारित विद्युत् प्रणालीको भविष्यलाई थप सुनिश्चित र विश्वसनीय बनाएको छ ।