१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १ मंगलबार
  • Thursday, 03 July, 2025
२o७८ चैत १ मंगलबार १५:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दमक गोल्डकप ९ चैतदेखि, १० टिम सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १ मंगलबार १५:५७:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) बाट स्वीकृत दमक गोल्डकप ९ चैतबाट हुने भएको छ। दमक नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपको तयारी धमाधम भइरहेको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको गोल्डकप यस वर्षदेखि सुरु गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा हालै सम्पन्न सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबसहित १० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले गोल्डकपको तयारी धमाधम भइरहेको जानकारी दिएको हो। गोल्डकपमा लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्र क्लब, दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, मनाङमर्स्याङ्दी क्लब, फ्रेन्ड्स क्लब, बागमती क्लब, आयोजक दमक– ११सहित भारतको मानेभञ्ज्याङ फुटबल क्लब, दुर्गापुर स्टिल र क्यामरुनको एमेनियर फुटबल क्लबको सहभागिता रहने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चाैलागाईंले जानकारी दिए।

१९ चैतसम्म चल्ने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चाैलागाईंले जानकारी दिए। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

प्रतियोगिता दमक– ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने उनले बताए। अहिले मैदान सम्याउने, प्याराफिट निर्माणलगायतको काम भइरहेको आयोजकले जनाएको छ।