१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विद्यार्थीले बनाउने विद्युतीय गाडीमा गोल्छाको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१५:oo

गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । सन् २०२२ को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा भाग लिनका लागि डिजाइन गरिएको गाडी निर्माणका लागि गोल्छाले सहयोग गरेको हो । 

सिरेटो नाम दिइएको विद्यार्थीको समूहले आवश्यक सीपअनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्यस्थललाई अन्तिम रूप दिने आदिजस्ता प्रारम्भिक गतिविधिबाट काम सुरु गरेको थियो । फेब्रुअरी २०२२ सम्म टोलीले सवारीसाधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ । ‘मैचा’ नाम दिइएको उक्त विद्युतीय गाडी अनेकौँ टेस्ट राइडहरूपछि अहिले पूर्ण रूपमा प्रतिस्पर्धा गर्न तयार रहेको गोल्छा ग्रुपले जनाएको छ । सबै नियमहरू पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेसनअनुसार गाडी बनाइएको विद्यार्थीले दाबी गरेका छन् । 

मैचाको ब्याट्रीले एक किलोवाट आवर चार्जबाट एक सय ५० किलोमिटरसम्म गुड्न सक्ने जनाइएको छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर भविष्यमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । उनीहरूको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवद्र्धन गर्नु रहेको जनाइएको छ । 

ad
ad