१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o९:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा एक सय अंकको उछाल

निक्षेपको ब्याजदर नबढाउने बैंकरहरूको सहमति प्रभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:o१:oo

आइतबार सेयर बजार परिसूचक एक सय एक दशमलव शून्य एक अंकले बढेर दुई हजार ६ सय ६७ दशमलव ९७ बिन्दुमा पुगेको छ । दुई हजार पाँच सयको मनोवैज्ञानिक बिन्दुबाट बढ्ने क्रममा रहेको बजारलाई आइतबार बैंक तथा वित्तीय संस्थाहरूले आगामी चैतका लागि निक्षेपको ब्याजदर नबढाउने सहमतिको खबर बाहिरिएसँगै थप वृद्धि भएको हो ।

बजार सकारात्मक भएसँगै अन्य सकारात्मक पक्षहरूलाई पनि लगानीकर्ताले जोड दिन थालेको देखिन्छ । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनको माहोल बनिरहेकाले पनि बजार बढ्न थप बल पुगेको लगानीकर्ता बताउँछन् । अघिल्ला प्रवृत्तिअनुसार चैतमध्यबाट बजारमा अफसिजन सकिएर सिजन सुरु हुने मान्यताले पनि लगानीकर्ताको मनोविज्ञानमा काम गरेको छ । लगानीकर्ता नयन बास्तोलाले भने, ‘बजारको अफसिजनको समय पनि सकिएको र लामो समय बजार करेक्सनमा रहेकाले अहिले लगानी बढ्न थालेको हो ।’ 

पाँच कम्पनीको सेयर मूल्यमा सर्किट
उच्च अंकले बढेको बजारमा पाँचवटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । एसियन लाइफ इस्योरेन्स, ज्योति लाइफ इस्योरेन्स, सानिमा लाइफ इस्योरेन्स, इमर्जिङ पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । सूर्या लाइफ इस्योरेन्स, मन्जुश्री फाइनान्स, शिवम् सिमेन्ट कम्पनीको सेयर मूल्य पनि करिब ९ प्रतिशतले बढेको छ ।

यस दिन कारोबारमा आएका सबै १३ समूहका सूचक बढेका छन् । जीवन बिमा समूह, फाइनान्स समू्ह, निर्जीवन बिमा समूह, होटेल तथा पर्यटन समूह सूचक सबैभन्दा धेरै ४ प्रतिशतदेखि ६ प्रतिशतले बढेको छ । जलविद्युत् समूह, माइक्रो फाइनान्स समूह, ‘अन्य’ समूह, म्युचुअल फन्ड समूहको सूचक सामान्य बढेको छ ।

 त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १६ दशमलव ३७ अंकले बढेर पाँच सय ९ दशमलव ९० बिन्दुमा पुगेको छ । लामो समय बजार घटेसँगै प्यानिक बनेका केही लगानीकर्ता बजार बढेसँगै प्रोफिट बुकिङमा समेत लागेका छन् । यसअघि १२ फागुनमा चार अर्ब रुपैयाँमाथिको कारोबार भएकोमा लामो समयपछि बल्ल आइतबार यस्तै कारोबार भयो ।

यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २८ कम्पनीको ९० लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा चार अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्ट कम्पनी, अपि पावर कम्पनी, आइसिएफसी फाइनान्स, नेपाल दूरसञ्चार कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै १९ करोड रुपैयाँदेखि ३४ करोड रुपैयाँसम्मको कारोबार भएको छ । 

ad
ad