मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

सीमाविद् श्रेष्ठको पुस्तक आठ भाषामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ। 

सन् २०१९ मा युरोप लातभियाको ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले प्रकाशित गरेको अंग्रेजी भाषाको पुस्तक अहिले आठ भाषा (फ्रेन्च, रुसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज र पोलिस) मा अनुवाद गरी त्यही शैक्षिक संस्थाले हालै प्रकाशन गरेको हो। पुस्तकको प्राक्कथन इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिटका पूर्वनिर्देशक तथा डरहम विश्वविद्यालय बेलायतका प्रोफेसर मार्टिन प्राटले लेखेका छन्।

यस पुस्तकमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, सीमा निर्धारणका चरण, सीमा विवाद हुने कारण, विश्वका सीमा विवादित मुलुकहरू, यसको समाधानका उपाय, सीमालाई लिएर लडाइँ भएका देशहरू, विश्वका प्रख्यात सीमारेखाहरू, सीमा कूटनीति, आकाश र पातालमा पनि सीमा पुगेको हुन्छ जस्ता सैद्धान्तिक विषयवस्तु वर्णन गरिएका छन्। यसैगरी नेपालको भारत र चीनसँग सीमांकन गर्दाको सिद्धान्तको विवेचना गरिएको छ। 

अनलाइन पढ्न पाइने यस पुस्तकले नेपालको सीमा मामिला अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी पुर्याएको छ। नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुरा भारतद्वारा अतिक्रमण, लिपुलेक सीमाघाँटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपाल र भारतबीच चुच्चे नक्साको लडाइँ र सीमा समस्या सौहार्दपूर्ण तरिकाले आपसी वार्ताद्वारा समाधान हुन सक्ने उपाय व्याख्या गरिएका छन्। 

नेपालको सगरमाथाप्रति चीनले दाबी गर्दा भएको समझदारी, यसको उचाइ विवाद हल भएपछि संयुक्त घोषणाका विवरण, नेपाल र चीनबीच सीमा चिह्न नं. ५७ मा विवाद रहेको र चीनको बिआरआइनेपालको कोरिडोरजस्ता व्यावहारिक विषयवस्तु उल्लेख भएका छन्। नेपालको छिमेकी मुलुकसँग भएका १८ सीमा सन्धि सम्झौता अनुसूचीमा सम्लग्न गरिएका छन्।

सीमासँग सम्बन्धित बेलायतको इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट, अमेरिकाको एसाेसियसन फर बोर्डरल्यान्ड स्टडिज, एसिया र अफ्रिकाको बोर्डरल्यान्ड रिसर्च नेटवर्कहरू र डेनमार्कमा मुख्यालय भएको इन्टरनेसलन फेडरेसन अफ सर्भेयर्सजस्ता विश्व संस्थाहरूको सीमासम्बन्धी क्रियाकलाप पनि वर्णन गरिएका छन्।