Skip This
दिल्लीमा आगलागीबाट सातजनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ फाल्गुण २८ शनिबार ११:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दिल्लीमा आगलागीबाट सातजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार ११:५६:oo

भारतको नयाँदिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा सातजनाको ज्यान गएको बताइएको छ। प्राप्त समाचारअनुसार नयाँदिल्ली सहरबाट उत्तरतर्फ रहेको गोकलपुर भन्ने स्थानमा रहेका घरटहरामा शनिबार बिहान अकस्मात् आगो लागेको थियो।

सो आगोले कम्तीमा पनि सातजनाको ज्यान लिएको र अन्य केही घाइते भएका अधिकारीहरूले जनाएका छन्। एकजना उद्धारकर्मीले दिएको जानकारीअनुसार सो क्षेत्रमा ६० वटा घरटहरा रहेका र ती सबैलाई आगोले छोएको थियो।

आगो ती सबै घरमा पुगेको र पछि दमकलले नियन्त्रणमा लिएको ती अधिकारीले जानकारी दिए। के–कति कारणले आगो लागेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ। त्यसैगरी, यहाँ भएको क्षतिको विवरण पनि संकलन भइरहेको तथा आगोबाट बचेका केही सरसामान हटाउने क्रम जारी रहेको ती अधिकारीले बताएका छन्। रासस/सिन्ह्वा