Skip This
युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघद्वारा सहयोगको आह्वान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका न्यूयोर्क
Invalid date format ११:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघद्वारा सहयोगको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
Invalid date format ११:३३:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताको  निम्ति पनि उनले आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्नेसम्बन्धी बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। रुस–युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेरेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि उल्लेख गरे। रासस/एएनआई