१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

३७६ कोरोना संक्रमित निको हुँदा ८८ नयाँ संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:५५:oo

पछिल्लो २४ घन्टामा नेपालमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आठ हजार ६ सय ३८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्। पिसिआर विधिबाट परीक्षण गर्दा ६६ र एन्टिजेन विधिबाट २२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

केही दिनयता कोरोना संक्रमित हुनेको संख्या कम हुँदै गएको देखिएको छ। यसअघि आइतबार ६८, शनिबार ९१ तथा शुक्रबार एक सय २६ जना संक्रमित भेटिएका थिए। यस अवधिमा तीन सय ७६ जना डिस्चार्ज भएका छन् भने एक संक्रमितको ज्यान गएको छ।

आज सोमबार देशभर दुई लाख ३३ हजार आठ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार एक सय ५० मा झरेको छ।

ad
ad