१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद् पूर्णकालसम्म चल्नुपर्ने कानुनमन्त्री बडूको धारणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२४:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभालाई पूर्णकार्यकाल चलाउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बडूले संसद्लाई जनताप्रति जवाफदेही बनाएर पूर्णकार्यकाल चलाउनुपर्ने धारणा राखेका हुन्।

संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताए। सर्वोच्च अदालतले पनि संसद् पूर्णकार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए। मन्त्री बडूले अर्ली इलेक्सनको कुरा कुनै एजेन्डा र प्रस्तावको रूपमा नआएको प्रस्ट पारेका छन्।

‘हाम्रो चाहना के हो भने संसदभित्र अत्यन्त जरुरी विधेयकहरू पारित हुनुपर्छ र त्यसको निमित्त प्रमुख प्रतिपक्ष पनि त्यो प्रक्रियामा सहभागी हुनुपर्छ। छलफलमा उसको पनि सहभागिता आवश्यक छ। हामी यो आग्रह उहाँहरूलाई गरिरहेका छौँ। १०–१५ मिनेट चलाएर बन्द गर्नुपर्ने अवस्था हो भने यसको प्रयोजन रहँदैन भन्ने प्रश्न जनताबाट पनि उठ्न सक्छ। त्यसकारण जनताप्रति जवाफदेही बनाउने ढंगले यसलाई भरपुर रूपमा अझ चलायमान गर्नुपर्छ। त्यसकारणले यो आग्रह हामीले गरिरहेका छौँ। मलाई लाग्छ, उहाँहरूले त्यो आग्रहलाई गम्भीरतापूर्वक लिनुभएको छ र अब संसद् सञ्चालन हुन्छ। त्यस्तो अवस्था हो भने त संसद् पूर्णकालसम्म जानुपर्छ। सर्वोच्च अदालतको व्याख्या पनि संसद् पूर्णकाल जानुपर्छ भन्ने छ नि त। संसद् नचल्दाको अवस्थामा प्रयोजन के हो भन्ने प्रश्न उठेको वेला, स्वभाविक रूपमा यो एजेन्डा उठेको हो कि भन्ने लाग्छ अर्ली इलेक्सनको कुरा। मलाई लाग्छ कुनै एजेन्डा, प्रस्तावको रूपमा आएको पनि होइन। परिस्थितिको विश्लेषण गर्दा आएको विषय हो,’ मन्त्री बडूले भने।
 

ad
ad