१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
हेमन्त केसी जाजरकोट
२o८१ जेठ १ मंगलबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बारेकोटमा सोलार मिनीग्रेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:४९:oo

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका– ५ तोलखानामा एक सय ७० किलोवाट क्षमताको सोलार मिनीग्रेट स्थापना गरेको छ । चार सय १७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । 

बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गर्दै ठाउँअनुसार यस्ता खालका योजनाहरू अगाडि बढाइने बताए । उनले भने, ‘बत्ती बाल्ने मात्र नभई कुटानी, पिसानीको कामसमेत यही पावरबाट हुनेछ, तपाईंको दुःख नै हाम्रो दुःख हो । हामी दुःखसुखका साथी पनि भएको भरोसा दिलाउन चाहान्छु ।’ 

जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको यो तोलखाना, नायकबाडा, पाखालगायतका गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि स्थानीयवासीहरू खुसी भएको स्थानीयवासी खड्कविक्रम शाहीले बताए । उनले भने, ‘हाम्रो भरोसा र आशाको दियो जसलाई हामीले भोट हालेर विजयी गराएका छौँ उनले हामीलाई विकास निर्माणका साथै सौर्य ऊर्जासमेत दिए, हामी खुसी छौँ ।’  

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाई उज्यालो पुर्‍याउने अर्थका साथ काम गरिरहेको बताए । उनले तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिएको जानकारी दिए।  कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत् आयोजनाको अवस्थाबारे हप्ता दिनभित्र रिपाेर्ट पेस गर्न निर्देशन दिएका मन्त्री सिंहले कर्णालीमा विद्युतको समस्य भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए । 

नलगाड जलविद्युत् आयोजना चार सय १७ मेघावाटको निर्माणका लागि ड्यामस्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाइ सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए । कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनाहरूकाे निर्माणसमेत थालिएको उनले बताए । 

ad
ad