१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राजकुमार र सुस्मासिंहलाई अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:५२:oo

स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिएका छन् । धरान गल्फ क्लबमा शुक्रबारदेखि सुरु भएको पाँचौँ संस्करणको बाह्रखरी गल्फमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता लिएका हुन् । धरानका राईले २ ‘ह्यान्डी क्याप’मा खेल्दै समग्रमा चार बर्डी र एक बुगी खेलेका छन् ।

राईलाई ‘बेस्ट ग्रस र मोस्ट बर्डी’को पनि दाबेदार बनाएको छ । धरानकै खेलाडी सुयश प्याकुरेल ३७ ‘स्टेबलफोर्ड स्कोरका साथ दोस्रो स्थानमा छन् । पोखराका हरि राई, धरानका राम तामाङ र विनोद राई ३५ स्टेबल फोर्ड स्कोरका साथ संयुक्त रूपमा तेस्रो स्थानमा छन् । 

महिलातर्फ काठमाडौंकी खेलाडी सुस्मासिंह शाह ३९ स्टेबलफोर्ड स्कोरका साथ पहिलो स्थानमा रहेकी छिन् । दोस्रो स्थानमा धरानकी सुमित्रा लिम्बूले ३७ स्टेबल फोर्ड स्कोर गरेकी छिन् ।  क्लोजेस्ट टु पिनमा धरानका खेलाडी बुद्धिमान सुुनुवारले ६ फिटनजिक बल राख्न सफल भए ।

सिद्धार्थ राई लङगेस्ट ड्राइभतर्फ अग्र स्थानमा छन् । यसअघि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले टी अफ गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रधानसेनापति शर्माले गल्फलाई आर्थिक समृद्धिसँग जोड्न लागेकोमा खुसी व्यक्त गरे । 

ad
ad