१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तस्बिर : कञ्चनपुरको पुनर्वास नगरपालिका-२, अमरैया गाँउमा मृत फेला परेको जंगली हात्ती
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ५ शनिबार १५:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा एक हात्ती मृत फेला 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:५८:oo

कञ्चनपुरको पुनर्वास नगरमा एक जंगली हात्ती मृत फेला परेको छ । पुनर्वास नगरपालिका– २ अमरैया उखुबारीमा जंगली हात्ती मृत फेला परेको हो । केही दिनदेखि मानवबस्तीमै पसेको वयस्क हात्ती बुधबार दिउँसोतिर मृत फेला परेको सबडिभिजन वन कार्यालय, कुण्डा कञ्चनपुरले जनाएको छ । 

सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले केही दिनदेखि उक्त पोथी हात्ती गाउँ पसेको बताए । ‘यो हात्ती आफ्नो बथानबाट छुट्टिएको थियो,’ उनले भने, ‘प्रारम्भिक अध्ययनबाट बिरामीले मृत्यु भएको देखिन्छ ।’ उनका अनुसार उक्त हात्ती अन्दाजी १० वर्षको रहेको छ । मृत हात्तीको दाहसंस्कार गरिने बताइएको छ । चार वर्षअघि पनि पुनर्वास क्षेत्रमा एक हात्ती मृत फेला परेको थियो ।

कञ्चनपुरमा पछिल्ला दिनहरूमा हात्ती र मानवबीच द्वन्द्व बढ्दै गएको छ । 

 

ad
ad