१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस प्रदेश सभाको बैठक आज बस्दै, संकल्प प्रस्तावमाथि छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३५:oo

मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुनेछ । 

गत माघ २६ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेस गरेका थिए ।  सो बैठकमा प्रदेश सभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रिना यादव, रामआशिष यादवलगायतले सरकारद्वारा ल्याइएको संकल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए । 

यसअघि फागुन १ गते आह्वान गरेको प्रदेश सभाको बैठक विशेष कारण जनाउँदै प्रदेश सभा सचिवालयले स्थगन गरेको थियो ।