१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सांसद सुवालको प्रश्न– अध्ययन नगरी किन एमसिसी सम्झौता गरियो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:४३:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अध्ययन नै नगरी एमसिसी सम्झौता गरिएको भन्दै सम्झौता नेपालको हितमा नरहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद सुवालले यस्तो बताएका हुन्।

नेपाल अमेरिकी धम्कीमा नचल्ने बताउँदै उनले नेपालका प्रधानमन्त्रीलाई किन धम्की दिएको भनी संसद्ले अमेरिकी मन्त्रीलाई प्रश्न गर्नुपर्ने बताए। सम्झौतामा नेपाली नागरिक मरे पनि उजुरी नलाग्ने विषय समावेश गरिएको दाबी गर्दै उनले एमसिसीलाई फासीवाद र तानाशाहको संज्ञा दिए।

‘देशहितमा नरहेको सम्झौतामा सही गर्ने मन्त्रीलाई पनि हामीले स्पष्टीकरण सोध्नुपर्छ। अध्ययन नगरी किन सम्झौता गरियो ?’ सुवालले भने, ‘एमसिसीका कारण नेपाली जनता मरे पनि उजुरी नलाग्ने विषय समावेश गरियो। यो अर्को फासीवाद र तानाशाह होइन ? एमसिसिसीको बुँदा संविधानभन्दा माथि कसरी भयो ?’

ad
ad