१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख ३१ सोमबार १३:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुढीगंगा नगरपालिकामा स्थानीयद्वारा तालाबन्दी

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:२५:oo

बाजुराको बुढीगंगा नगरपालिकाका स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि  नगरवासीले प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन मंसिर १७ गते सरुवा भएर गएका थिए। दुई महिनासम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार पूर्ण रूपमा बन्द भएको छ भने विकासका योजनासमेत प्रभावित भएका छन्। शिक्षकहरूले चार महिनादेखि तलब खान नपाएका स्थानीयले बताए। ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलब खान पाएका छैनन्। नगरपालिकाको काम लथालिंग भएको छ,’ स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए।

बुढीगंगा नगरपालिकामा अहिले मात्र नभई प्रायजसो प्रमुख प्रशासकीय अधिकृतविहीन बन्ने गरेको स्थानीयको गुनासो छ। नगरपालिकामा कार्यरत कर्मचारीलाई कार्यपालिकाले सिफारिस नगर्ने र संघबाट पनि आउन नमान्ने भएकाले नगरपालिकामा सधैँ समस्या हुने गरेको एक कर्मचारीले बताए। नगरपालिकामा कार्यरत केही कर्मचारीले आर्थिक अधिकारसहितको प्रशासकीय अधिकृतका लागि दौडधुप गरे पनि कार्यपालिकाले निर्णय नगर्ने गरेको उनीहरू बताउँछन्।

नगरवासीले कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नआउँदासम्म कार्यालयको ताला नखोल्ने बताएका छन्। नगर प्रमुख दीपकविक्रम शाह भने केही महिनाका लागि देशबाहिर भ्रमणमा गएका कार्यालयका कर्मचारीले बताएका छन्। नगर प्रमुखको लापरबाहीले गर्दा कार्यालय अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृतविहीन भएको स्थानीयको आरोप छ।

ad
ad