१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण २ सोमबार ११:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्युतीय राहदानीका लागि फारम संकलन सुरु

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण २ सोमबार ११:१५:००

जिल्ला प्रशासन कार्यालय बाग्लुङले करिब एक महिनापछि विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि फाराम संकलन सुरु गरेको छ । प्रशासनले पहिलोपटक ई–पासपोर्टका लागि फाराम संकलन गर्न थालेको हो । जिल्लामा १ मंसिरदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को फारम संकलन कार्य स्थगित गरिएको थियो । १५ मंसिरसम्मका लागि स्थगित राहदानी फाराम संकलन कार्य ई–पासपोर्टको फाराम संकलन प्रविधि जडान गर्न ढिला हुँदा एक महिना लागेको हो ।

अब नियमित रूपमा फारम संकलन गरी विभागको सिस्टममा अपलोड हुने जिल्ला प्रशासन कार्यालय राहदानी शाखाका प्रमुख तेजराज गौतमले जानकारी दिए । एमआरपीका लागि दैनिक २०–२५ फाराम संकलन भए पनि ई–पासपोर्टको संख्या त्यही मात्रामा गर्न कठिन हुने उनको भनाइ छ । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । राहदानी सुरक्षित र व्यक्तिको सम्पूर्ण विवरण हुने गरी तयार पारिएको छ ।

सरकारले १ मंसिरदेखि ई–पासपोर्ट लागू गरेसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । २८ मंसिरदेखि एमआरपी वितरण बन्द भएको छ । एमआरपी राहदानीलाई प्रतिस्थापन गर्दै सरकारले विद्युतीय राहदानी प्रचलनमा ल्याएको हो ।