१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
एजेन्सी नयाँ दिल्ली
Invalid date format १९:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कस्मिरमा क्युआर कोडबाट गलैँचा र कार्पेट प्रमाणीकरण 

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format १९:o८:oo

भारतको केन्द्र शासित जम्मुकस्मिरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले  कस्मिरमा हस्तनिर्मित कार्पेट तथा गलैँचाको प्रमाणीकरण, लेबलिङका लागि क्युआर कोडमा आधारित संयन्त्रको उद्घाटन गरेका छन्। ग्राहकले आधिकारिकताको जाँच गर्ने तथा उत्पादित कार्पेटहरूको अन्य विस्तृत विवरणको जानकारी पाउने भारतकै पहिलो संयन्त्र भएको जम्मुकस्मिर सरकारी सचिवालयले जनाएको छ ।

लेफ्टिनेन्ट गभर्नर सिन्हाले भारतको सिर्जनात्मक परम्पराको भण्डार जम्मुकस्मिर रहेको चर्चा गर्दै शताब्दीदेखि त्यहाँको परम्परालाई हस्तनिर्मिम कार्पेट, गलैँचालगायतका उत्पादनले प्रतिनिधित्व गर्दै आएको बताए । उनले भने, ‘यसको आधुनिकीकरणसँगै विश्वव्यापी बजारमा पहुँच स्थापित हुने मलाई विश्वास छ । सरकारले यसका लागि आवश्यक समन्वय र सहयोग गर्नेछ ।’ 

उनले जम्मुकस्मिरको कार्पेट उद्योग बाह्य बजारका लागि पनि गुणस्तरीय भएको भन्दै प्रशंसा गरे । उद्योगमा संलग्न व्यवसायीदेखि मजदुर, कर्मचारी सबैको उनले प्रशंसा गरे । उनीहरूको स्तरोन्नतिका लागि सरकारले तालिम तथा आर्थिक सहयोगको बन्दोबस्त गरिदिने पनि सिन्हाको भनाइ छ । ‘इन्डियन इन्स्टिच्युट अफ कार्पेट टेक्नोलोजीले जम्मुकस्मिरमा निर्मित गलैँचा, कार्पेटको सर्टिफिकेसन, टेस्टिङ, लेबलिङ, तालिमका लागि केही प्रयास अघि बढाएको छ,’ सिन्हाले भने, ‘निर्यातकर्तालाई सम्बन्धित सरकारी विभागमार्फत पाँच करोडसम्मको सहयोग हुँदै आएको छ । यो निरन्तर हुन्छ ।’ 

जम्मुकस्मिरका कार्पेट तथा गलैँचा विश्वका कम्तीमा पनि २५ देशमा निर्यात हुँदै आएको छ । अघिल्लो वर्ष १ अर्ब १५ करोड रुपैयाँका कार्पेट एवं गलैँचा निर्यात भएको थियो। जसमध्ये सबैभन्दा बढी जर्मनी तथा त्यसपछि अमेरिका, युएई, नेदरल्यान्डमा निर्यात भएको थियो ।