१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १६:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

त्रिवि केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्न कर्मचारी संघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:३९:oo

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविको केन्द्रीय कार्यालयमा लगाइएको ताला यथाशीघ्र खोल्न माग गरेको छ। संघको केन्द्रीय समितिले एक विज्ञप्ति जारी गर्दै त्रिविको दैनिक कार्य सञ्चालनमा भइरहेको अवरोध तत्काल समाधान गर्न माग राखेको हो।

पछिल्लो समय त्रिविका विद्यार्थी र प्राध्यापकहरूले आ–आफ्नो माग राख्दै आन्दोलन गर्ने र ताला लगाउनेजस्ता कार्य गर्दै आइरहेका छन्। कोभिड– १९ का कारण पठनपाठन तथा शैक्षिक कार्यक्रममा बाधा पुगेको अवस्थामा शिक्षक, कर्मचारी र विद्यार्थीले थप माग राख्दै आन्दोलन गर्दा त्रिविका शैक्षिक कार्यक्रम नै बिथोलिएकाले संघले ध्यानाकर्षण गराएको हो।

संघले जारी गरेको विज्ञप्तिअनुसार व्यवस्थापकीय कमजोरीका कारण त्रिविमा ताला लगाउने, हडताल हुने, पठनपाठन अवरोध हुनेजस्ता क्रियाकलाप बढेका छन्। सो कारणले त्रिविको शैक्षिकस्तर पनि खस्कने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ।

‘यसरी दुई महिना अघिदेखि नै त्रिविमा कहिले एक वर्गले, कहिले अर्को वर्गले आलोपालोजस्तै गरी ताला लगाउने तर पदाधिकारीहरू भने जिम्मेवार बनी समस्या समाधान गर्नतिर नलाग्ने प्रवृत्ति देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रवृत्तिले त्रिविका सम्पूर्ण कार्यहरू ठप्प भएका छन् र त्रिविलाई पूरै बन्धक बनाइएको छ।’ यसप्रति समितिको ध्यानाकषर्ण भएको बताउँदै आन्दोलन गर्ने पक्षहरूले पनि वार्ताबाट समाधानको बाटो खोज्न अनुरोध गरिएको छ।

 

 

 

ad
ad