१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २६ बुधबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २६ बुधबार १६:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक, ‘द पावर अफ द डग’ को वर्चश्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २६ बुधबार १६:५२:oo

यस वर्षको ओस्कर अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ। सार्वजनिक मनोनयन सूचीमा नेटफ्लिक्सको फिल्म ‘द पावर अफ द डग’ ले सर्वाधिक १२ वटा विधामा कब्जा  जमाएको छ। बेनेडिक्ट कम्बरब्याच अभिनीत यो उत्कृष्ट चलचित्र र निर्देशकसहित ओस्कर अवार्डको १२ विधामा मनोनयन भएको हो। 

त्यस्तै, फिल्म ‘ड्युन’ले पनि उत्कृष्ट चलचित्र र निर्देशकसहित १० वटा विधामा मनोनयनको कब्जा जमाएको छ। फिल्म ‘बेलफास्ट’ र ‘साइड स्टोरी’ले उत्कृष्ट चलचित्रसहित सात विधामा मनोनयन सुरक्षित गरेका छन्। त्यस्तै फिल्म ‘कोडा’, ‘डन्ट लुक अप, ‘ड्राइभ माई कार’, ‘किङ रिचर्ड’, ‘लिकोराइस पिज्जा’ र ‘नाइटमेयर एली’समेत मनोनयनमा छानिएका छन्। 

भुटानबाट पावो छोयनिङ दोर्जीको फिचर फिल्म ‘लुनान : अ याक इन द क्यासरुम’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ मनोनयनमा परेको छ। ओस्कर मनोनयनमा छानिएसँगै भुटानका लागि यो अन्तर्राष्ट्रिय  फिल्म जगतमा ऐतिहासिक सफलता मानिएको छ। यो भुटान लागि अन्तर्राष्ट्रिय फिचर फिल्मका लागि दोस्रो ओस्कार प्रवेशको अवसर मिलेको हो। कोरोना महामारीको कारण विश्व फिल्म जगतमा आएको परिवर्तनलाई मध्यनजर गर्दै यस वर्षको ओस्कार अवार्डलाई हर्षउत्सवको रूपमा हेरिएको छ। 

यस्तो छ सूची 
उत्कृष्ट चलचित्र 

बेलफास्ट
कोडा
डन्ट लुक अप
ड्राइभ माई कार
ड्युन
किंग रिचर्ड
लिकोराइस पिज्जा
नाइटमेयर एली
द पावर अफ दी डग
वेस्ट साइड स्टोरी

उत्कृष्ट निर्देशक
जेभियर बर्डेम (बेइङ द रिकार्डाेस)
बेनेडिक्ट कम्बरब्याच (द पावर अफ दी डग)
एन्ड्रिउ गारफिल्ड (टिक टिक बुम)
विल स्मिथ (किङ रिचर्ड)
डेन्जेल वासिङ्टन (द ट्रयाजोडी अफ म्याकबेथ)

उत्कृष्ट अभिनेता
कियारन हिन्ड्स (बेलफास्ट)
ट्रोइ कोटसर (कोडा)
जेसी प्लेमोन्स (द पावर अफ दी डग)
जेके सिमोन्स (बेइङ द रिकार्डाेस)
कोडी स्मिथ म्याकफी (द पावर अफ दी डग)
उत्कृष्ट मौलिक पटकथा
बेलफास्ट (केनेथ ब्रानघ)
डन्ट लुक अप 
किंग रिचर्ड
लिकोराइस पिज्जा
द वर्स्ट पर्सन इन द वर्ल्ड
उत्कृष्ट अभिनेत्री
जेसिका चेस्टेन (द आइज अफ टेमी फेई)
ओभिलिया कोलम्यान (द लस्ट डटर)
पेनोलप क्रुज (यारालल मदर्स)
निकोल किडम्यान (बेइङ द रिकार्डाेस)
क्रिस्टिन स्टिवार्ट (स्पेन्सर)

उत्कृष्ट छायांकन
ड्युन (ग्रेइग फेइजर)
नाइटमेयर एली (ड्यान लस्टसिन)
द पावर अफ दी डग (एरी वेग्नर)
द ट्रयाजेडी अफ म्याकबेथ (ब्रुनो डेलबुनेल)
वेस्ट साइड स्टोरी (जानुज केमिस्न्किी)

उत्कृष्ट मौलिक ध्वनि
डन्ट लुक अप
ड्युन
इनकान्टो
प्यारालल मदर्स
द पावर अफ दी डग

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचरतर्फ 
ड्राइभ माई कार (जापान)
फ्ली (डेनमार्क)
द ह्यान्ड अफ गड (इटाली)
लुनान ः अ याक इन द क्लासरुम (भुटान)
द वर्स्ट पर्सन इन द वर्ल्ड (नर्वे)

छुटाउनुभयो की ?