मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २५ मंगलबार o९:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अहिलेसम्म कहिले–कहिले भए स्थानीय निर्वाचन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार o९:२४:oo

स्थानीय निर्वाचनको इतिहास

- नेपालमा स्थानीय तहको पहिलो निर्वाचन २९ जेठ २००४ मा काठमाडौं म्युनिसिपालिटीको प्रारम्भ भएको इतिहास छ । २००४ मा भएको काठमाडौं म्युनिसिपालिटीको निर्वाचनपछि मुलुकमा नगरपालिकाको निर्वाचन १७ भदौ ०१० मा भएको थियो । त्यसैगरी, स्थानीय निर्वाचन ७ माघ ०१४, गाउँ पञ्चायत निर्वाचन ७ फागुन ०१८ देखि विभिन्न मितिमा सम्पन्न भएका थिए । 

- आयोगका अनुसार नगर पञ्चायतको निर्वाचन जेठ ०१९ देखि विभिन्न मितिमा, जिल्ला सभा र जिल्ला पञ्चायत निर्वाचन ०१९ देखि विभिन्न मितिमा, अञ्चल सभा र अञ्चल पञ्चायत निर्वाचन ०२० देखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।

- स्थानीय तह निर्वाचनका रूपमा २८ र ३१ वैशाख ०३९ तथा ३ र ४ जेठमा गाउँ पञ्चायत तथा नगर पञ्चायत, २ असार ०३९ असारमा जिल्ला पञ्चायत, ७ र १० चैत ०४३ मा गाउँ पञ्चायत तथा नगर पञ्चायत एवं २६ वैशाख ०४४ मा जिल्ला पञ्चायतको निर्वाचन भएको इतिहास छ ।

- मुलुकमा प्रजातन्त्रको पुनर्स्थापना भएपछि स्थानीय तहको निर्वाचनका रूपमा १५ र १८ जेठ ०४९ मा गाउँ विकास समिति तथा नगरपालिकाको निर्वाचन, १३ असार ०४९ मा जिल्ला विकास समितिको निर्वाचन, ४ र १३ जेठमा ०५४ मा गाउँपालिका र नगरपालिकाको निर्वाचन तथा २७ असारमा ०५४ जिल्ला विकास समितिको निर्वाचन भएको थियो । २६ माघ ०६२ मा नगरपालिकाको निर्वाचन भएको छ । 

- ०७४ वैशाख ३१, १४ असार र २ असोज ०७४ मा स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार दुई सय चार अर्थात् ७४.५३ प्रतिशत मतदान भएको थियो ।