१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्ला विमानस्थलको हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o३:oo

भारी हिमपातका कारण अवरुद्ध जुम्लाको हवाई सेवा सञ्चालनमा आएको छ। बिहीबार साँझदेखि भएको हिमपातले धावनमार्गमा बाक्लो हिउँ जमेपछि जुम्लामा विगत तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा सुरक्षाकर्मी, नागरिक तथा कर्मचारीको सहभागितामा धावनमार्गमा जमेको हिउँ पन्छाएलगत्तै शनिबार नै जुम्लामा हवाई सेवा सञ्चालनमा आएको हो ।

‘शनिबार नै हिउँ पन्छाएर सकिने र उडान हुने सोचेकै थिएनौँ,’ जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले भने, ‘तर, सुरक्षाकर्मीको सहयोग र दर्जनाैँ गाडी प्रयोग गरेर बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म निरन्तर हिउँ पन्छाउन खटिएर हवाई सेवा सञ्चालन गरिएको हो।’ 
हिउँ पन्छाएर सकिएलगत्तै नेपालगन्जबाट जुम्ला सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख अधिकारीले जानकारी दिए। धावन मार्गसँगै जहाजको पार्किङ स्थलको पनि हिउँ पन्छाएर सकिएकाले आइतबारदेखि जुम्लामा नियमित उडान हुने भएका छन् ।

शनिबार बिहानैदेखि जुटेको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएर सकाएको हो । धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सम्भव भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन्।

धावनमार्गमा झन्डै एक फिट हिउँ जमेको थियो। सबै सुरक्षा प्रमुखसहित सयौँ सुरक्षाकर्मीको टोली विमानस्थलमा पुगेर शनिबार नै विमानस्थल खुलाउने लक्ष्यले हिउँ पन्छाएपछि उडान सम्भव भएको प्रजिअ प्रसाईको भनाइ छ। विमानस्थलको हिउँ पन्छाउनका लागि नेपाली सेनाका ट्रक र जिप, प्रशासनको जिप, नगरपलिकाको डोजर तथा जिप, सडक डिभिजन जुम्लाको डोजरलगायतका सवारी प्रयोग गरिएको थियो।