मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २० बिहीबार ०६:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘सिजी मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २० बिहीबार ०६:५९:००

 सिजी ब्रान्डअन्तर्गतको ‘सिजी मेरिडिया’ प्रिमियम वासिङ नेपाली मेसिन बजारमा बिक्री सुरु भएको । ‘सिजी मेरिडिया वासिङ मेसिन’को मूल विशेषता ‘बी ड्राइभ इन्भर्टर मोटर’, ‘स्टेरिलाइजेसन’, र ‘स्पाकेयर’ हुन् ।

सिजिले ‘ब्रसरहित डाइरेक्ट करेन्ट मोटर’लाई आफ्नै मौलिक नामाकरण गरी राखेको यस ‘बी ड्राइभ इन्भर्टर मोटर’ प्रविधिले ‘इन्डक्सन मोटर’ र ‘ब्रस डिसी मोटर’भन्दा राम्रो काम गर्छ । ‘बी ड्राइभ इन्भर्टरको मोटर’को दोस्रो विशेषता कमभन्दा कम ध्वनि उत्पन्न गर्नु हो ।  त्यसैगरी, ब्रस प्रविधि नराखी डिजाइन गरिएकाले यस उपकरण ‘सर्ट सर्किट’जस्ता जोखिमबाट मुक्त छ । बिग्रिने सम्भावना न्यून भएको कारणले ‘बी ड्राइभ इन्भर्टर मोटर’को विशेषता कम मर्मत खर्च पनि हो । 

त्यसैगरी, ‘स्टेरिलाइजेसन’ प्रोग्रामले कपडालाई ७० डिग्री तापक्रमको पानीमा आधा घन्टाभन्दा बढी धोएर कपडामा भएको ‘प्याथोजेनिक कीटाणु’लाई निष्क्रिय पार्छ । त्यसैगरी, ‘स्पाकेयर’ यस उपकरणमा रहेको अर्को लोभ्याउने पक्ष हो, जसले कपडामा भएको ९९.९९ प्रतिशतभन्दा बढी कीटाणुलाई नाश गर्दछ । सिजी ब्रान्डले आगामी दिनहरूमा ‘सिजी मेरिडिया’ नामअन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादन बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ ।