१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भण्डारीको नेतृत्वमा उपभोक्ता जागरण अभियान नेपाल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:o९:oo

उपभोक्ताको हक हितमा काम गर्ने उद्देश्यसहित उपभोक्ता जागरण अभियान–नेपाल नामक संस्था गठन गरिएको छ । स्वार्थ एवं राजनीति प्रेरित उपभोक्तावादीहरूका कारण उपभोक्ताका हक–अधिकार वञ्चित पारिरहेको भन्दै वस्तु र सेवा प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार संरक्षण गर्ने उद्देश्यले संस्था गठन गरिएको बताइएको छ। 

उपभोक्ता जागरण र स्वच्छ बजारका क्षेत्रमा नीतिगत तह र कार्य सञ्चालनस्तरमा योगदान पुर्याउने उद्देश्य राखी संस्था दर्ता गरिएको अभियानका संस्थापक अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले बताए । संस्थामा केन्द्रीयस्तरको समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, दुई सचिव, एक सहसचिव, एक कोषाध्यक्ष र दुईजना सदस्य गरी ११ जना संस्थापकहरू रहेका छन् । समितिमा पूर्वप्रशासक, सञ्चारकर्मी, कानुनविद्, साहित्यकार, बैँकर्स,  सामाजिक कार्यकर्ता रहेका छन् । 

उपभोक्तसँग सम्बन्धित संस्थाहरूलाई लागेका आरोपबारे आफू पर्याप्त मात्रामा जानकार रहेको भन्दै भण्डारीले  त्यस्ता आरोपहरूबाट आफ्नो संस्थालाई जोगाउँदै उपभोक्ताको अधिकारमा क्रियाशील गराउने बताए । 

ad
ad