मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरले नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ। मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन्।

सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताए। उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि महानगरले एकपछि अर्को काम निरन्तर रूपमा गर्दै आएको उल्लेख गरे। हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको उनले बताए।

‘ललितपुर महानगरपालिकाले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने गरी विभिन्न काम गर्दै आएको छ। स्मार्ट सिटी बनाउनका लागि महानगरले धेरै काम गरेका छन्। तर, महानगरले सबै काम एकैपटक गर्न सक्दैन। बिस्तारै महानगरलाई स्मार्ट सिटी बनाउने गरी काम गर्दै जान्छौँ । १८ वर्षसम्म स्थानीय निकायको चुनाव नभएकाले चुनावपछि ललितपुर महानगरपालिकाभित्र गर्नुपर्ने धेरै काम थिए। केही काम महानगरपालिकाले सुरुवात गरेको छ,’ उनले भने।