१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आर्मी सेमिफाइनलमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:४९:oo

वैकल्पिक खेलाडी राजीव गुरुङ चम्किदा विभागीय त्रिभुवन आर्मी क्लब पोखरामा जारी २०औँ  संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको जितमा खेलको ७०औँ मिनेटमा राजीवले गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई १–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

टंक बस्नेतको स्थानमा खेलको ६४औँ  मिनेटमा मैदान छिरेका गुरुङ मैदान छिरेको करिब सात मिनेटमा गोल गर्दै टोलीका लागि अघिल्लो चरणको यात्रा तय गराउन सफल भए । मैदानको करिब मध्यभागमा जर्ज प्रिन्स कार्कीले दिएको पासलाई अगाडि बढाउँदै मैदानको करिब ३७ यार्डबाट गुरुङले हानेको प्रहारले सीधै जाली चुमेको थियो । विपक्षी टोलीका किपरको गल्तीको फाइदा उठाउँदै उनले गोल गरेका थिए । विपक्षी किपर प्रिसो पोस्ट छाडेर डिबक्सबाहिर मैदानको करिब ३२ यार्डअगाडि आइपुगेका थिए । खेलका म्यान आफ दी म्याचसमेत रहेका गुरुङले खाली पोस्टमा गोल गरेका थिए । 

जितसँगै सेमिफाइनल प्रवेश गरेको आर्मीले फाइनल प्रवेशका लागि बिहीबार हुने खेलमा मनाङ मस्र्याङ्दी क्लबसँगको भेट पक्का गरेको छ । आर्मी र थ्री स्टार बाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेका थिए ।खेलमा एक गोलले पछि परेको पाँचपटकको विजेता थ्री स्टार सफल नहुँदा जारी संस्करणमा भने पहिलो खेलबाटै बाहिरिन बाध्य भएको छ ।आजको जितसँगै आर्मीले ०७५ मा सम्पन्न प्रतियोगिताको १७औँ  संस्करणको फाइनलमा व्यहोरेको हारको बदलासमेत लिएको छ । 

आजदेखि दर्शकसहितको खेल
प्रतियोगितामा बुधबारदेखि सेमिफाइनलका खेल सुरु हुँदै छन् । क्वार्टरफाइनलसम्म दर्शकविना खेल सञ्चालन गरिए पनि सेमिफाइनलदेखि दर्शकसहित खेल सञ्चालन हुने भएको छ । आयोजक सहारा क्लबका महासचिवले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्डलाई अवलम्बन गर्दै कुल सिट क्षमताको एकतिहाइ टिकट बिक्री गरिने र टिकट दर तीन सय कायम गरेको जनाएका छन् ।

ad
ad