१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १५:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई आयोगको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:४८:oo

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको कार्यकाल ०७९ जेठ ५ मा समाप्त हुने उल्लेख गर्दै तत्काल निर्वाचनको मिति तोक्न आग्रह गरेको हो। 

आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा सरकार र राजनीतिक दलसँग छलफल गरी ०७९ वैशाख १४ मा एकै चरणमा स्थानीय र एकै चरणमा सम्भव नभए वैशाख १४ र वैशाख २२ मा दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको स्मरण गराएको छ। 

आयोगले स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुनतः एक सय २० दिनको समय आवश्यक पर्ने भएकाले सोहीअनुसार आवश्यक पूर्वतयारी गरिरहेको स्पष्ट पारेको छ। वैशाख मसान्तभित्रै निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको पनि आयोगले जनाएको छ।

 

ad
ad