Skip This
एमाले सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा भट्ट
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ १० सोमबार
  • Tuesday, 11 August, 2026
२o७८ माघ १० सोमबार १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा भट्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १० सोमबार १९:oo:oo

एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतक नियुक्त गर्ने निर्णय गरेको एमाले प्रदेश सभा सदस्य पठानसिंह बोहराले जानकारी दिए ।

भट्ट बैतडीको प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित हुन् । एमाले विभाजन हुँदा तत्कालीन प्रमुख सचेतक तारा तामाङ नेकपा एकीकृत समाजवादीमा गएपछि एमाले संसदीय दलको प्रमुख सचेतक पद रिक्त थियो । सुदूरपश्चिम प्रदेश सभामा एमाले चौथो ठूलो दल हो ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले यही १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारको पक्षमा मतदान गर्न पनि एमाले प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएको बोहराले जानकारी दिए ।