१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नालीमा फसेर गैँडाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१२:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैँडाको मृत्यु भएको छ । चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिटअगाडि सडक विस्तारका लागि बनाइएको नालीमा फसेर करिब १२ वर्षको भाले गैँडाको मृत्यु भएको हो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार वनदेवी मध्यवर्ती सामुदायिक वनको बार तोडेर बरन्डाभार क्षेत्रबाट राजमार्ग तरेर माथिल्लो क्षेत्रतिर जान लागेको अवस्थामा निमार्णधीन नालीमा परेको अनुमान छ । 

ठेकेदारले लापरबाही गरी नालीको भाग नपुर्दा उक्त क्षेत्रमा आवतजावतमा समेत समस्या हुँदै आएको छ भने सडक दुर्घटनाका घटनासमेत बढेका छन् ।