१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

झन्डै १० खर्बको आयात हुँदा निर्यात एक खर्ब १८ अर्ब मात्रै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:५२:oo

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ। सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख रुपैयाँको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँको निर्यात गरेको थियो। निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ। 

व्यापार घाटा चुलिँदै
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ६ खर्ब ४४ करोड ६१ लाख रुपैयाँको व्यापार घाटा भएको थियो।

यसैगरी चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको भएको छ। गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार सात खर्ब २२ अर्ब ४५ करोड रुपैयाँको भएको थियो। यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो।

१४१ देशबाट आयात
चालू आवको पहिलो ६ महिनामा नेपालमा एक सय ४१ देशबाट वस्तु आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। भारतबाट सो अवधिमा ६ खर्ब तीन अर्ब ५४ करोड ५१ लाख रुपैयाँको आयात भएको छ। भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ मूल्यबराबरका वस्तु आयात भएको छ।

यसैगरी नेपालले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड रुपैयाँ तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार रुपैयाँ मूल्यबराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ। रासस

ad
ad