Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ माघ ६ बिहीबार ०६:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा कोरोनाको जोखिम बढ्यो, छैन सतर्कता 

Read Time : > 1 मिनेट
२०७८ माघ ६ बिहीबार ०६:३५:००

बाह्य जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि कोरोनाबाट सुरक्षित हुने भन्दै लमजुङ भित्रिनेको संख्या दिनानुदिन बढीरहेको छ । कोरोना संक्रमितस्थलबाट सिधै घर गएपछि कोरोना समुदायमा  फैलिने जोखिम पनि त्यत्तिकै बढेको छ । लमजुङमा स्वास्थ्य सुरक्षाबिना आवतजावत खुला गरिएको छ ।

कोरोना संक्रमणको जोखिम जिल्लाबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण विना जिल्ला प्रवेश गर्न दिइएको छ । जिल्ला भित्रने नाका पाउँदी, दुइपिप्ले, रामबजारमा चेकजाँच विना नै मानिसहरु जिल्ला भित्रिएका छन् । देशका बिभिन्न जिल्लामा संक्रमित बढ्न नदिन कडाई गरिएको बेला लमजुङमा भने स्वास्थ्य सुरक्षा अवस्था फितलो छ ।  

कोभिड जोखिम बढेसँगै सरकारले देशभरका विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्णय गरेसँगै जिल्लाका विद्यालय पनि बन्द छन् । केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरी सिकाइ सहजीकरणको तयारी गरे पनि अधिकांश विद्यालय पठन पाठनलाई निरन्तरता दिने विषयमा अन्योलमा छन । 

तर सार्वजनिक स्थल, सेवा प्रदायक कार्यालयमा भने भीडभाड उस्तै छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणको बेला जिल्ला भित्रने नाकामा स्थापना भएका आइसोलेसन र क्वारेन्टिन सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह अग्रसर छैनन ।

जिल्लामा हालसम्म कुनै पनि सतर्कता अपनाइएको छैन । संक्रमित समेत खुलमखुला हिँड्दा जोखिम झनै बढेको बेसीशहरका विपिन श्रेष्ठ बताउँछन् । ‘संक्रमितले पनि सतकर्ता अपनाइदिनुपर्‍यो, परीक्षण गरेपछि पनि रिपोर्ट नआउँदासम्म खुलमखुला हिँड्नु भएन,’ उनले भने । जिल्ला प्रशासनले पुस २८ बाट लागु हुने गरि २५ जनाभन्दा बढी उपस्थिति हुने गरी मेला, भेला तथा महोत्सव र सामाजिक कार्य नगर्न आदेश जारी गरेको छ । 

सेवाग्राहीको बढी चाप हुने जिल्ला प्रशासन, मालपोत, नापी र बैंक तथा वित्तीय संस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाउन निर्देशन गरेको छ ।  तर सरकारी कार्यालयले नै भीडभाडलाई व्यवस्थित बनाउन सकेका छैनन् । स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले कोरोना संक्रमण सहरमा मात्रै नभएर गाउँसम्म फैलिएको बताए । 

उनले भने गत वैशाखयता दोस्रो भेरिएन्ट सुरु भएदेखि लमजुङमा ३ हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् । ३८ जना मृतकका परिवारले सेवा सुविधा लिइसकेका छन् । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले कोरोना संक्रमण बढेको भन्दै यसको नियन्त्रणका लागि आवश्यक कदम चालिएको बताए । 

उनले तनहुँबाट लमजुङ सीमा पाउँदीमा माक्स डेस्क राख्ने र सामान्य स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने बताए । सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा ४० बेड र बेंसीसहरस्थित जिल्ला अस्पतालको २५ बेडमा आइसोलेसनको व्यवस्थापन गरिने उनले बताए । 

लमजुङमा केहीदिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा अहिले १ सय ३० जना संक्रिय संक्रमति रहेको र अधिकाशं संक्रमति होम आइसोलेशनमा रहेको प्रशासनले जनाएको छ ।

 जिल्ला प्रशासन कार्यालयको कोभिड १९ सम्वन्धि अद्यावधिक विवरण अनुसार ०७८ बैशाख १ गतेदेखि हालसम्म जिल्लामा ३ हजार १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म २ हजार ९ सय ६२ जना कोरोना मुक्त भएका छन् भने ३९ जनाले ज्यान गुमाएका छन् ।