१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आन्तरिक हवाई उडानमा कडाइ    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:४७:oo

पछिल्ला दिनमा कोरोना भाइरस संक्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक संघ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ। संघले आज सूचना जारी गर्दै हवाई जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र व्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भिडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको छ। संघको आज बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो। रासस     

ad
ad