मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीमाथि आक्रमण गर्ने समूह पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका– ४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरी चौकी बटेश्वरका प्रहरी सहायक निरीक्षक मनोज पोखरेलमाथि लुटेरा समूहले गएराति आक्रमण गरेको थियो । 

लुटेरा समूहको आक्रमणमा परी घाइते प्रहरी सहायक निरीक्षक पोखरलेको टाउकोमा १२ टाँका लागेको र उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका चन्द्र यादव, राजजीवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेश रविदासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। महोत्तरीको भंगाहा नगरपालिका– ७ निवासी अमित पासवान भारतको मद्रासबाट  फर्किँदै गर्दा लुटेरा समूहले उनीसँग भएको नगद रु. ४५ हजार, लत्ताकपडा, मोबाइल सेटसहितका सामान लुटपाट गरिरहेको खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक पोखरेलसहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेको थियो । 

त्यसपछि सोही समूहले उनीमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक बस्नेतको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस