
प्रदेश २ को राजधानी जनकपुर नै रहने भएकाे छ । सोमबार प्रदेश सभामा भएकाे मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेको हो । कुल एक सय चार सांसद रहेका प्रदेश सभामा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो ।
राजधानीको नाम टुंगो लगाएपछि प्रदेश सभा एक घन्टाको लागि स्थगित गरिएको र आजै प्रदेशको नाम पनि टुंगो लगाउने बताइएको छ ।