१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रमेश रावल सुर्खेत
२o८१ जेठ १ मंगलबार १४:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एउटै कार्यालयका १० कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा अवरुद्ध

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:o८:oo

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । आइतबार बैंकका कर्मचारीमा कोराना पुष्टि भएकाले सोमबारदेखि बैंकिङ सेवा अवरुद्ध भएको हो । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टि भएको बैंकले जनाएको छ । 

१० जना कर्मचारीमध्ये एकजनामा गम्भीर लक्षण देखिएको र बाँकी नाैजना कर्मचारी होम आइसोलेसनमा रहेको बैंकका प्रमुख लीलाराम ढुंगानाले बताए । ‘एकजना सुरक्षार्थ खटिने सुरक्षागार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ,’ उनले भने, ‘चार दिनका लागि बैंकिङ सेवा अवरुद्ध हुन सक्छ ।’
 

ad
ad