निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २ आइतबार १८:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना नियन्त्रणसम्बन्धी सरकारको नयाँ आदेश जारी, माघ मसान्तसम्म भिडभाडजन्य क्रियाकलापमा रोक (पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २ आइतबार १८:०४:००

सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेको छ। आइतबार नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरिएको जानकारी दिएका हुन्। 

नयाँ नियमानुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न पाइनेछैन। त्यसैगरी गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट मात्रै गर्नुपर्नेछ। यदि त्यस्ता क्रियाकलाप भौतिक रूपमा उपस्थित भएर गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ।

 त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा २०७८ साल माघ ७ गतेबाट खोपको पूरा मात्रा लगाएका व्यक्तिहरू मात्र उपस्थित हुने गरी कार्यक्रम गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

यस्तो छ पूर्णपाठ :