Skip This
जम्मुकस्मिरमा १० करोड लगानी सम्झौता
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २९ बिहीबार
  • Tuesday, 11 August, 2026
एजेन्सी नयाँ दिल्ली
२o७८ पौष २९ बिहीबार २o:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जम्मुकस्मिरमा १० करोड लगानी सम्झौता

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ पौष २९ बिहीबार २o:o४:oo

जम्मुकस्मिर सरकारले दुबईस्थित सेन्चुरी फाइनान्सियलसँग १० करोड अमेरिकी डलरबराबरको लगानी सम्झौता गरेको छ । जम्मुकस्मिरमा होटेल तथा व्यापारिक र निजी आवास कम्प्लेक्सहरू निर्माणका लागि सरकारले सेन्चुरीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

जम्मुकस्मिरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाको उपस्थितिमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सिन्हाले केन्द्रशासित सरकारको विकासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीका लागि वैश्विकस्तरबाट उद्योग तथा कलकारखाना स्थापनामा चासो व्यक्त हुन थालेको बताए । 

सेन्चुरीका लगानीकर्ता बाल कृषनले जम्मुकस्मिरमा लगानीका लागि राम्रो अवसर सिर्जना भएको र सरकारी आग्रह आकर्षक रहेको बताए । उनका अनुसार ३ वटा होटेल र एउटा व्यापारिक तथा आवासीय कम्प्लेक्स निर्माण हुने बताए। बाल कृषन जम्मुकस्मिर मूलका हुन् । सम्झौतापत्रमा कृषन तथा जम्मुकस्मिरका उद्योगसम्बन्धी प्रिन्सिपल सेक्रेटरी रन्जन प्रकाश ठाकुरले हस्ताक्षर गरेको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ । युएईमा यो सम्झौता भएको हो ।