१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ बैशाख २१ शुक्रबार २o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

जम्मुकस्मिरमा १० करोड लगानी सम्झौता

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ बैशाख २१ शुक्रबार २o:o४:oo

जम्मुकस्मिर सरकारले दुबईस्थित सेन्चुरी फाइनान्सियलसँग १० करोड अमेरिकी डलरबराबरको लगानी सम्झौता गरेको छ । जम्मुकस्मिरमा होटेल तथा व्यापारिक र निजी आवास कम्प्लेक्सहरू निर्माणका लागि सरकारले सेन्चुरीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

जम्मुकस्मिरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाको उपस्थितिमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सिन्हाले केन्द्रशासित सरकारको विकासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीका लागि वैश्विकस्तरबाट उद्योग तथा कलकारखाना स्थापनामा चासो व्यक्त हुन थालेको बताए । 

सेन्चुरीका लगानीकर्ता बाल कृषनले जम्मुकस्मिरमा लगानीका लागि राम्रो अवसर सिर्जना भएको र सरकारी आग्रह आकर्षक रहेको बताए । उनका अनुसार ३ वटा होटेल र एउटा व्यापारिक तथा आवासीय कम्प्लेक्स निर्माण हुने बताए। बाल कृषन जम्मुकस्मिर मूलका हुन् । सम्झौतापत्रमा कृषन तथा जम्मुकस्मिरका उद्योगसम्बन्धी प्रिन्सिपल सेक्रेटरी रन्जन प्रकाश ठाकुरले हस्ताक्षर गरेको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ । युएईमा यो सम्झौता भएको हो । 

ad
ad