१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषधसहित ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:oo:oo

हेटौँडा–९ मास्टरचोकबाट अवैध लागुऔषधसहित ६ जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । पक्राउ पर्नेहरूमा सुनसरी घर भई हाल हेटौँडा–९ मास्टरचोकस्थित शंकर केसीको घरमा डेरा गरी बस्ने २५ वर्षीय विशाल विक, सोही ठाउँ बस्ने २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटाै‌ँडा–१० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ रहेका छन् ।  

विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उक्त घरमा बस्ने विशाल विकको कोठा चेकजाँच गर्दा नाइट्राजेपाम ९७ ट्याब्लेट, नेमाडोल १ सय ४८ क्यापसुल, स्टगन १६ ट्याब्लेट, सिओना २ सय १२ ट्याब्लेट र १६ ग्राम गाँजा बरामद गरेपछि निजहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए । तरकारीको क्रेटमा एक सय ८३ केजी गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले तरकारीको क्रेटमा लुकाइछिपाई ल्याएको अवस्थामा एक सय ८३ केजी लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा थाहा नगरपालिका– २ बस्ने ३० वर्षीय रामचन्द्र सिन्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर हेटौँडातर्फ आउँदै गरेको प्रदेश–३–०१ ००२२ च ३५५६ नम्बरकोे पिकअप भ्यानलाई विशेष सूचनाका आधारमा रोकेर चेकजाँच गर्दा तरकारीको क्रेटमा लुकाइछिपाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो । पक्राउ परेका सिन्तान उक्त तरकारी बोक्ने भ्यानका चालक हुन् । 
 

ad
ad