मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २७ मंगलबार ०७:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा दोहोरो अंकको वृद्धि, फाइनान्सतर्फ लगानीकर्ताको आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २७ मंगलबार ०७:५९:००

साताको दोस्रो कारोबार सोमबार नेप्से सूूचक दोहोरो अंकले बढेको छ । नेप्से सूूचक १९ दशमलव ४३ ले बढेर दुुई हजार सात सय ८४ दशमलव ९५ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स तीन दशमलव १६ पाँच सय २२ दशमलव ५३ बिन्दुुमा पुुगेको छ ।

निरन्तर बढेको नेप्से सूूचकले लगानीकर्ता उत्साहित बनेका छन् । मार्केट बुुलिसतर्फ फर्किएपछि लगानीकर्ताले लगानी बढाएका छन् भने नाफा बुक गर्दा कारोबार रकममा पनि सुधार आएको छ । अर्कोतर्फ करोना संक्रमणको दर बढ्न थालेपछि बिस्तारै सेयर बजारमा लगानी बढाउनेको संख्या पनि बढेको छ । जसको असर पनि सेयर बजारमा परेको अनुुमान लगानीकर्ता बताउँछन् । केन्द्रीय बैंकले कर्जा सहजीकरणका नीतिहरू अघि सारेको छ । दोस्रो त्रैमासको अन्तिम साता भएकाले पनि सेयर बजारमा प्रभाव हुने विश्लेषण पनि लगानीकर्ताको रहेको छ । 

यस दिन कारोबार आएका १० वटा समूूहका सूचक सकारात्मक रहेका छन् भने तीनवटा समूूहका सूचक नकारात्मक बन्न पुुगेका छन् । अन्य समूूह, फाइनान्स समूूह, जीवन बिमा निर्जीवन बिमा समूूहमा लगानीकर्ताको आकर्षण बढेको छ ।  

 तीन कम्पनीको सेयर मूूल्य सर्किट मूूल्यमा कारोबार
यस दिन एक सय ११ स्क्रिप्टको सेयर मूूल्य बढेको छ भने ७० वटा स्क्रिप्टको सेयर मूूल्य घटेको छ । तीन कम्पनीको सेयर सर्किट मूूल्यमा कारोबार भएको छ । मध्यभोटेकोसी जलविद्युुत् कम्पनी, युुनियन हाइड्र«ोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । चन्द्रागिरि हिल्स, कुुमारी बैंक, नेपाल बंगलादेश बैंकको सेयर मूूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३६ स्क्रिप्टको एक करोड ४२ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा सात अर्ब १२ करोड बढीको कारोबार भएको छ । जसमध्ये सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको भएको छ भने नेपाल दूूरसञ्चार कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनीको सेयर २२ देखि १८ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।