१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेका ४८ जिल्लामा नयाँ नेतृत्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:५८:oo

एमालेका ४८ जिल्ला कमिटीले सोमबार बेलुकीसम्ममा नयाँ नेतृत्व पाएका छन् । ६३ जिल्लामा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो । अधिवेशन सुरु भएको चौथो दिनसम्म आइपुग्दा सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट गरी ४८ जिल्लाले नेतृत्व पाएका छन् । 

जिल्लाहरूबाट प्राप्त विवरणअनुसार झापामा दीपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, धनकुटामा इन्द्रमणि पराजुली, तेह्रथुममा तेजमान कन्दङ्वा, पाँचथरमा राजकुमार भण्डारी, भोजपुरमा शरण राई, इलाममा महेश बस्नेत, सोलुखुम्बुमा डुफकुमार बास्तोला, उदयपुरमा प्रमेश्वर घिमिरे अध्यक्ष चुनिएका छन् । 

सिराहामा चन्डेश्वर मण्डल, सप्तरीमा ताराकान्त चौधरी धादिङमा भूमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा वचन देउजा, रसुवामा कर्णेल तामाङ, रामेछापमा आनन्दकुमार श्रेष्ठ, नुवाकोटमा बद्री मैनाली, मकवानपुरमा एकलाल श्रेष्ठ, काठमाडौंमा दीपक निरौला, ललितपुरमा पुरुषोतम आचार्य, सिन्धुलीमा कुमारबहादुर कार्की अध्यक्ष बनेका छन् । यस्तै, दोलखामा नरबहादुर श्रेष्ठ, गोरखामा प्रेम गुरुङ, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, म्याग्दीमा देवेन्द्र केसी, लमजुङमा कृष्णप्रसाद अधिकारी, बाग्लुङमा हिराबहादुर केसी, पर्वतमा राजु पौडेल, पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछामगर चुनिएका छन् । 

अध्यक्षमा अर्घाखाँचीमा पीताम्बर भुसाल, बाँकेमा किस्मतकुमार कक्षपति, बर्दियामा लालबहादुर श्रेष्ठ, दाङमा हुकुमबहादुर बस्नेत, रुपन्देहीमा तेजेन्द्र केसी, कपिलवस्तुमा डम्मर शर्मा, नवलपरासी (पश्चिम)मा दीपेन्द्र अधिकारी, प्युठानमा विजयविराज विष्ट, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुनमगर, जुम्लामा शान्तिलाल महत, डडेल्धुरामा प्रकाश साउद, बैतडीमा सुरेन्द्र पाल र डोटीमा चक्र मल्ल छानिएका छन् । गैरभौगोलिक जिल्लातर्फ मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ र पेसागत विशेषमा उमेश ढकाल चुनिएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीले शनिबार ६३ जिल्लाको अधिवेशन एकैपटक उद्घाटन गरेका थिए । महासचिव शंकर पोखरेलले आइतबार सिराहा जिल्ला अधिवेशन उद्घाटन गरेपछि अधिवेशन भएका जिल्लाको संख्या ६४ पुगेको हो । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरु भएको छैन ।

ad
ad