१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेगा बैंककी सिइओ खुञ्जेली पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:५८:oo

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छिन् । उनलाई प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो ।

काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खुञ्जेलीलाई अवार्ड प्रदान गरेका थिए । पुरस्कृत भएपछि सिइओ खुञ्जेलीले अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताइन् । यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहकवर्गहरू, कर्मचारी एवं समस्त सरोकारवालाहरूमा जाने उनको भनाइ थियो ।  

सिइओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सिइओ हुन् । उनकै नेतृत्वमा मेगा बैंकले ‘बैंक अफ दी एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ । सन् १९९१ मा तत्कालीन ग्रिन्डलेज बैंक अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिअर गरेकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ । 
 

ad
ad