१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मूर्तिसहित मन्दिरका सामान चोरी गर्ने एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३८:oo

बाँके प्रहरीले मूर्ति चोरीमा संलग्न एकजनालाई नेपालगन्जबाट पक्राउ गरेको छ। बुधबार मध्यराति करिब १२ बजे नेपालगन्ज उपमहानगरपालिका– १ स्थित रामजानकी मन्दिरबाट मूर्तिलगायतका विभिन्न सामान चोरी गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय असरफ बागवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 
पक्राउ परेका बागवानको साथबाट तीन थान मूर्ति, पाँचवटा घन्टी, नागको दुईवटा मूर्ति र चारवटा तामाको अम्खोरा प्रहरीले बरामद गरेको छ। त्यसैगरी, तीन थान त्रिशूल, एक थान आरती, आठवटा पाला छोप्ने ढक्कन, दुई थान पाला, टीका राख्ने भाँडा एक थान बरामद भएको छ।
 
बागवानको साथबाट फलाम काट्ने आरी र रिन्च पनि बरामद भएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनीमाथि थप कारबाही अघि बढाइएको छ।
 

ad
ad