१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली अद्यावधिक गरिँदै, शुक्रबार मुद्दा व्यवस्थापन प्रभावित हुन सक्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५६:oo

सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने भएको छ । सर्वोच्चका अनुसार सर्भर अद्यावधिक  गर्न लागिएकाले बिहीबार अपराह्न ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुन लागेको हो।

सर्वोच्चले सूचना निकालेर मुद्दा व्यवस्थापनलगायतका प्रणालीमा अवरोध आउने भएकाले पेसीमा स्थिति जनाउनेलगायतका कार्य बिहीबार ४ बजेभित्र सक्न अनुरोध गरेको छ। 

सर्वोच्चले सर्भर अद्यावधिक गर्दा शुक्रबारसमेत प्रणालीमा समस्या आउन सक्ने जानकारी गराएको छ। प्रणालीमा समस्या आएमा सूचना प्रविधि शाखामा सम्पर्क गर्न पनि सर्वोच्चले अनुरोध गरेको छ ।

ad
ad