१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १६:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखा–काठमाडौं एकीकरण मार्गमा सेनाले सुरु गर्‍यो पदयात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१६:oo

नेपालको इतिहासलाई जगेर्ना गर्न नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ।  नेपाल एकीकरणको उदगमस्थल गोरखा दरबारको हनुमान भञ्ज्याङबाट नेपाली सेनाका ४० जनासहितको टोली बुधबार बिहान पदयात्रामा निस्किएको हो। 

रिपुमर्दन गण गोरखाको आयोजना र गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकाको सहकार्यमा तीन सयाैँ पृथ्वीजयन्तीलाई लक्षित गर्दै सेनाले पदयात्रा सुरु गरेको हो। पदयात्रामा निस्किएका रिपुमर्दन दल गणका टोली कमान्डरलाई मध्यकमान्ड हेडक्वार्टरका कमान्ड उपरथी बाबुराम श्रेष्ठ र गोरखा नगरपालिका मेयर राजनराज पन्तले नेपालको राष्ट्रिय झन्डा र टर्चलाइटसहित बिदाइ गरे। 

पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मध्यकमान्ड हेडक्वार्टरका कमान्ड उपरथी श्रेष्ठले नेपालको इतिहास जगेर्ना गर्न पदयात्रा सुरु गरेको बताए। तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै शाहकालीन पोसाकसहित टर्च र राष्ट्रिय झन्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट पैदल यात्रामा निस्कने उनले जानकारी दिए। इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाले देश र जनताका लागि वफादारीको साथ काम गर्दै आइरहेको बताउँदै राष्ट्रिय एकताको सन्देश दिन पदयात्रा सुरु गरिएकोसमेत उनले बताए। 

नेपाली सेनाको पाँच प्रथम गण श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको झन्डा यात्रामा रहेका सेनाले बोकेका छन्। यात्रामा सहभागीहरूलाई ठाउँठाउँमा स्थानीयले फूलमालाले स्वागत गरेका थिए। आजदेखि गोरखा दरबारको हनुमान चौताराबाट सुरु भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमानढोकामा पुगेर टुंगिनेछ। पदयात्रामा सहभागी सैनिकहरू हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङघाट पुगेर धादिङको सल्यानटारमा एक कार्यक्रम गरी गोरखाबाट लगिएको टर्च र झन्डन धादिङको शिव दल गणका टोलीलाई हस्तान्तरण गर्नेछन्।

धादिङको शिव दल गणको टोलीले नुवाकोट र केही दिनपछि नुवाकोटले काठमाडौंलाई टर्च र झन्डा हस्तान्तरण गरेपछि उक्त टोली २६ गते साँझ हनुमानढोका पुग्ने श्री रिपुमर्दन गणका सेनानी प्रकाश परियारले बताए। कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले इतिहासलाई सम्मान गर्दै अघि बढ्नुपर्ने बताए।